Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

महालक्ष्मीका मेयर उम्मेदवार शिव कट्टेल भोट माग्दै घरघरमा

महालक्ष्मीका मेयर उम्मेदवार शिव कट्टेल भोट माग्दै घरघरमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २४, २०७९ शनिवार • १७:२९:५४ बजे
  • 1.0K
    SHARES
  • महालक्ष्मीका मेयर उम्मेदवार शिव कट्टेल भोट माग्दै घरघरमा

    रामहरि कार्की
    ललितपुर । महालक्ष्मी नगरपालिकाका मेयर उम्मेदवार शिव प्रसाद कट्टेलसहितको गठबन्धन टोलीले चुनावी प्रचार प्रसारलाई तीब्रता दिएको छ । चुनाव नजिकिँदै गर्दा मेयर, उपमेयर, वडाध्यक्षसहितको टोली घरदैलो कार्यक्रममा व्यस्त रहेको छ । घरदैलोे कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ । नगरपालिकाको नयाँ नेतृत्वमा कट्टेललाई अघि सार्न स्थानीयवासी प्रचारप्रसारमा सहभागी हुँदै उनको पक्षमा भोट मागिरहेका छन् । उनीहरु पनि उत्साहित देखिएका छन् । घरदैलो कार्यक्रममा गठबन्धनमा रहेको नेपाली कांग्रेसले पनि कट्टेलको पक्षमा भोट मागिरहेको छ । 

    images

    महालक्ष्मी नगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का शिव प्रसाद कट्टेल मेयरका प्रत्यासी छन् ।  तीन दशकदेखि महालक्ष्मी क्षेत्रमा सामाजिक कार्यसँगै माओवादी केन्द्रको राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका कट्टेल अहिले सोहि क्षेत्रमा मेयर बन्ने दौडमा छन् । उनी विहान सवेरैदेखि राती अबेरसम्म स्थानीयको घरदैलोमा पुग्ने गरेका छन् । 


    कट्टेलसँगै सोही नगरपालिकामा गठबन्धनको तर्फबाट उपमेयर उम्मेदवार बनेकी महर्जन पनि घरदैलोमा पुग्ने गरेकी छन् । उनीहरुले शुक्रबार पनि सदाझै विहानैदेखि घरदैलो कार्यक्रम सुरु गरेका छन् । शुक्रबार महालक्ष्मी–१, इमाडोल, लुभू, सिद्धिपुर क्षेत्रका स्थानीयको घरदैलोमा उम्मेदवार पुगेका छन् ।

    उनीहरुले पालिकाको नेतृत्व आफूहरुले गर्न सके ‘एक घर एक धारा’को व्यवस्था गर्ने पनि स्थानीयसामु प्रतिवद्धता जनाएका छन् । शुक्रबार गरिएको घरदैलो कार्यक्रममा करिब ५ सय स्थानीय र पार्टीका नेता कार्यकताको सहभागी रहेको छ । दिनभरीनै प्रचारप्रसार र घरदैलो कार्यक्रममालाई तीब्रता दिने मेयरका उम्मेदवार कट्टेलले बताए । उनले भने, ‘अरु बेला पनि सकेसम्म स्थानीयको घरघरमा पुगेको हो, तर चुनावको बेला अघि धेरै पुग्नुपर्छ,’ उनले भने, ‘घरदैलोमा स्थानीयवासीको निकै उत्साह छ, त्यसैले म खुशी छु ।’ उनले आफूले चुनाव जिते प्रतिवद्धता जनाएका सबै कामहरु पाँच वर्षमा गरिसक्ने बताए । 

    महालक्ष्मी नगरपालिकामा सत्ता गठबन्धन भएपनि नेकपा (एकिकृत समाजवादी) ले छुट्टै उम्मेदवार अघि सारेको छ । यहाँ माओवादी केन्द्रलाई कांग्रेसको साथ छ । त्यस्तै एमालेबाट हरिगोविन्द श्रेष्ठ मेयरका उम्मेदवार छन् । यसअघि एमालले जितेको उक्त नगरपालिकामा यसपटक भने माओवादी केन्द्रले नै बाजी मार्ने अवस्था देखिएको छ । यद्यपी सबै दलका उम्मेदवार आ–आफ्नै तवरले चुनावी प्रचारप्रसारमा केन्द्रित बनेका छन् । 

    यी हुन माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेदवारहरु


    महालक्ष्मी नगरपालिकामा वडा नं. १, ६, ८ र १० मा सत्ता गठबन्धन दलसँग मित्रवध प्रतिस्पर्धा गर्ने माओवादी केन्द्रले जनाएको छ । भने बाँकी रहेको वडा नं. २, ३, ४, ५, ७ र ९ मा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने माओवादी केन्द्रले जनाएको छ ।

    महालक्ष्मी नगरपालिकाको वडा नं. १ इमाडोलका माओवादी केन्द्र तर्फबाट वडा अध्यक्षका उम्मेदवार अभिषेक खत्री केसी, दलित महिला सदस्य सरिपा परियार, महिला सदस्य, महिला मिनु प्रधान, खुल्ला सदस्यहरु तिलक बहादुर वि.क र दिनेश महर्जन चुनावी मैदानमा रहेका छन् । यस वडामा नेकपा एमाले, एकीकृत समाजवादी, नेपाली कांग्रेस र राप्रपाले समेत उम्मेदवारी दिएका छन् ।

    महालक्ष्मी–६ मा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार धर्म महर्जन, दलित महिला सदस्य लक्ष्मी तिखत्री, महिला सदस्य शोभा महर्जन, खुल्ला सदस्यहरु सुरेन्द्र महर्जन र शसान महर्जन चुनावी मैदानमा रहेका छन् ।

    महालक्ष्मी नगरपालिकाको वडा नं. ८ का माओवादी केन्द्र तर्फबाट वडा अध्यक्षका उम्मेदवार सानुकान्छा श्रेष्ठ, दलित महिला सदस्य तुलसी विश्वकर्मा, महिला सदस्य इन्द्र कमल श्रेष्ठ, खुल्ला सदस्यहरु प्रेम कृष्ण महर्जन र रविन्द्र महर्जन चुनावी मैदानमा रहेका छन् ।

    महालक्ष्मी–१० का माओवादी केन्द्र तर्फबाट वडा अध्यक्षका उम्मेदवार बलराम लामा, दलित महिला सदस्य सरिता सुनार, महिला सदस्य निशा गुरुङ, खुल्ला सदस्यहरु राजकुमार तामाङ र सेते तामाङ चुनावी मैदानमा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय उत्साहित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology