Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

दाङको घोराही उपमहानगरपालिकामा ३६५ जना युवा माओवादी प्रवेश

दाङको घोराही उपमहानगरपालिकामा ३६५ जना युवा माओवादी प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २४, २०७९ शनिवार • १९:४७:५९ बजे
  • 1.3K
    SHARES
  • दाङको घोराही उपमहानगरपालिकामा ३६५ जना युवा माओवादी प्रवेश

    दाङको घोराही उपमहानगरपालिकामा विभिन्न क्षेत्रमा कृयाशिल ३ सय ६५ जना युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेश रेग्मी र समाजसेवी युवा गिर रोदन महाराको विशेष पहल र समन्वयमा ति युवा माओवादी प्रवेश गरेका हुन् ।

    images

    पार्टीमा विगतमा काम गरेका तर पछिल्लो समय स्वतन्त्र भूमिकामा रहँदै आएका समाजसेवी डा. गिर रोदन महरा सहितका युवा पार्टी प्रवेश गरेका हुन् । दाङका चर्चित कलाकार हिमालयन रोडिजको टप फाइभमा पर्न सफल युवा रामचन्द्र केसी पनि माओवादीमा प्रवेश गरेका छन् ।

    पार्टीमा प्रवेश गर्नेहरुलाई नेकपा माओवादी केन्द्रका प्रवक्ता एवम् पूर्वसभामुख कृष्णबहादुर महराले माला र अबिर लगाएर स्वागत गरेका छन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका महराले राजनीतिमा युवाको प्रवेश निकै सकारात्मक भएको बताए । माओवादीले नै युवालाई पार्टीमा स्थान दिने गरेको बताउँदै प्रवक्ता महराले युवाले नै राजनीतिलाई सुधार गर्न सक्ने धारणा व्यक्त गरे ।

    कार्यक्रममा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री रेखा शर्माले मुलुकको परिवर्तनका लागि माओवादीको योगदान महत्वपूर्ण भएकाले समृद्धिको नेतृत्व पनि माओवादीले गर्ने बताए ।

    कार्यक्रममा गठबन्धनको तर्फबाट मेयर पदका साझा उम्मेदवार हेमराज शर्मा ‘डायमण्ड’ले गठबन्धनले विजयी हासिल गरेपछि युवा तथा खेलकुदको क्षेत्रमा बृहत् योजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उपमेयर पदका साझा उम्मेदवार भूपबहादुर डाँगीले गठबन्धन दलका सबै कार्यकर्ता तथा आम जनताले गठबन्धनको मर्मअनुसार मतदान गर्ने विश्वास व्यक्त गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology