Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा माओवादी केन्द्र मंगलाको ३ र ४ मा चुनावी सभा सम्पन्न, स्थानीय भन्छन् गाउँ विकास गर्ने पार्टी  माओवादी केन्द्र नै हो

नेकपा माओवादी केन्द्र मंगलाको ३ र ४ मा चुनावी सभा सम्पन्न, स्थानीय भन्छन् गाउँ विकास गर्ने पार्टी  माओवादी केन्द्र नै हो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २५, २०७९ आइतवार • ०९:२६:२३ बजे
  • 1.8K
    SHARES
  • नेकपा माओवादी केन्द्र मंगलाको ३ र ४ मा चुनावी सभा सम्पन्न, स्थानीय भन्छन् गाउँ विकास गर्ने पार्टी  माओवादी केन्द्र नै हो

    म्याग्दीको मंगला गाउँपालिकाको वडानम्वर ३ र ४ वडालाई लक्षित गरेर बंरजामा नेकपा माओवादी केन्द्रको चुनावी सभा भएको छ। शनिबार बंरजाको अर्वाङस्थित गतिशिल युवा क्लवको प्राङ्गरणमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज गोविन्द्र पौडेल र संविधान सभा सदस्य एवम् पुर्व सांसद गमबहादुर श्रीषले जनयुद्धको उपलब्धीलाई रक्षा गर्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वारलाई जिताउन उपस्थित मतदातालाई आग्रह गर्दै गर्दा पुराना माओवादी नेता तथा पहिलो संविधान सभाको निर्वाचनमा एउटै मञ्चबाट भोट मागेका गमबहादुर श्रीष र गोविन्द पौडेल करिब डेढ दशकपछि एउटै मञ्चमा भेट भएका छन् ।

    images

    g1.jpg

    बि.स २०६४ सालमा सम्पन्न भएको संविधान सभामा समानुपातिक तर्फबाट श्रीष र प्रत्यक्षतर्फबाट पौडेल विजय भएपछि एउटै घरमा बसेर संविधानसभाको हलमा प्रवेश गर्ने गरेका थिए । नेकपा माओवादी विभाजित भएपछि मोहन बैद्य समुहमा लागेपछि दोस्रो संविधान सभा, स्थानीय तह, प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन समेत बहिस्कार  गरेका श्रीष र माओवादी केन्द्रमै बसेर राजनीतिक गतिविधिमा सक्रिय पौडेलबिच मंगला गाउँपालिका–३ र ४ वडालाई लक्षित गरेर बंरजामा नेकपा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभामा भेट भएको हो ।

    निर्वाचन बहिस्कार र सर्मथन तथा राजनीतिक कार्यदिशाले अलग भएका म्याग्दीको जनयूद्ध हाकेका दुई नेता एकै मञ्चमा सहभागी भएर माओवादी केन्द्रका उम्मेदवारको पक्षमा बोलेपछि कार्यकर्ता र स्थानीय समेत निकै उत्साहित भएका थिए । विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता श्रीषले माओवादी विभाजन हुदाँ नेकपा एमाले र नेपाली कांग्रेसले फाईदा लिएको भन्दै एकता र सहकार्यबाटै निर्वाचन आफ्नो पक्षमा पार्नुपर्नेमा जोड दिएका थिए । यो स्थानीय चुनाबमा सात छाप हसिया हथौड़ामा भोट हाल्न पनि जिल्ला नेता श्रीषले मंगलाका जनतालाई आग्रह गरेका थिए ।

    m1.jpg

    ‘जनयूद्धका दुई नेता एकै ठाउँमा देख्दा हामीलाई समेत उर्जा मिल्यो,‘अब मंगलामा माओवादीले आफ्नो शक्तीलाई बलियो बनाउँछ’ स्थानीय दिप रोका मगरले  भने । माओवादीको आमसभामा विगतका कमीकमजोरीलाई सच्चाउँदै पालिकाभित्र माओवादी केन्द्रबाट चुनावी मैदानमा रहेका उम्मेदवारलाई विजय बनाउन आवश्यक सहयोग गर्न समेत आग्रह गरेका थिए  ।

    बंरजाको अर्वाङस्थित गतिशिल युवा क्लवको प्राङ्गरणमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज पौडेलले जनयुद्धको उपलब्धीलाई रक्षा गर्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वारलाई जिताउन उपस्थित मतदातालाई आग्रह गरेका थिए । त्यस्तै संविधान सभा सदस्य एवम् पुर्व सांस श्रीषले माओवादी विभाजित भइराख्दा हरेक निर्वाचनमा कांग्रेस र एमालेले नेतृत्वको अवसर पाएको धारणा राखेका थिए ।

    चुनावी सभामा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटीका सह–सचिव एवम् गाउँपालिका अध्यक्ष उम्मेदवार स्थानीय समेत रहेका टेकबहादुर विकले वडादेखि गाउँपालिकासम्म माओवादी केन्द्रलाई विजयी गराउन मतदातालाई आग्रह गरे । उनले गाउँपालिकामा माओवादीको नेतृत्वमा पुर्याउनु भएमा सबै नागरिकलाई समान किसिमले विभेदरहित, छिटो छरितो सेवा प्रवाहको वातावरण निर्माण गर्ने बताए ।

    गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार सुकमायाँ रोकामगरले देशको अवस्था परिवर्तन गर्न ब्यवस्था फेरेको माओवादीको नेतृत्व आवश्यक पर्ने बताइन् । चुवानीसभामा वडानम्वर ३ र ४ का वडाअध्यक्ष उम्मेदवार याम रोका, मनमाया चोचाङ्गी लगायतका नेताहरुले मन्तव्य राखेका थिए ।

    गाउँपालिका कमिटी उपाध्यक्ष मोहनलाल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले र राप्रपाबाट माओवादी केन्द्रमा प्रवेश गरेका डेढ दर्जन नेता तथा कार्यकर्तालाई जिल्ला इन्चार्ज पौडेलले स्वागत एवम् सम्मान गर्नुभएको थियो । यो पटक माओवादी केन्द्रलाई नै विजय बनाउने योजना बनाएको एक स्थानीयले भने - एमाले र काङ्ग्रेस भन्दा माओवादी केन्द्र जनताको हितमा काम गर्ने पार्टी हो ।

    बरंजामा भएको धेरै विकासहरु: बाटो ,बिजुलि, पानी स्वास्थ, शिक्षाको काम माओवादी केन्द्र नै गरेको हो । यो पटक मंगलाका जनताले माओवादी केन्द्रलाई नै जिताउछन र बाकी रहेका विकासको कामलाई पूरा हुनेछ सभामा सहभागीहरुले भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology