Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हारबाट विचलित नभएकी बेनी नगरपालिकाको उपप्रमुख उमेद्वार ज्योति 

हारबाट विचलित नभएकी बेनी नगरपालिकाको उपप्रमुख उमेद्वार ज्योति 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २५, २०७९ आइतवार • ०९:३९:२२ बजे
  • 2.6K
    SHARES
  • हारबाट विचलित नभएकी बेनी नगरपालिकाको उपप्रमुख उमेद्वार ज्योति 

    बेनी, पहिलो प्रयासमा असफल हुँदा धेरै मानिसहरु हरेस खान्छन् र क्रियाशील हुन छोड्छन् । तर म्याग्दीको बेनी नगरपालिका–६ की ३३ वर्षीया ज्योती लामिछाने पौडेलको चुनावी प्रतिस्पर्धामा असफल हुदाँ पनि सामाजिक र राजिनीतिक क्षेत्रमा क्रियाशिलता घटेन् । झन बढ्यो । जनप्रतिनिधी नभएपनि उहाँले राजनीतिकसँगै बेनीका सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा आवद्ध भएर योगदान गर्नुभयो । 

    images

    गत स्थानीय तह चुनावमा नेकपा (माओवादी केन्द्र) बाट बेनी नगरपालिकाको उपप्रमुखमा उमेद्वार बनेकी लामीछाने राप्रपाकी सञ्जु बरुवालसँग ३४ मतले पराजित हुनुभएको थियो । त्यसबेला एमाले र राप्रपा तथा काँग्रेस र माओवादीले चुनावी तालमेल गरेका थिए । काँग्रेसका हरिकुमार श्रेष्ठ एमालेका प्रमोद श्रेष्ठलाई ४५ मतान्तररले पछि पार्दै बेनीको पहिलो जननिर्वाचित नगरप्रमुख बन्नुभएको थियो । 

    यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा काँग्रेस–माओवादी गठबन्धनबाट मेयरमा काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरमा माओवादीकी पौडेल उमेद्वार बन्नुभएको छ । “गत चुनावमा पराजित भएपनि जनताको दुखःसुखमा साथसाथै थिए,” पौडेलले भन्नुभयो “पार्टी र गठबन्धनले अवसर दिएको छ । जनताले विश्वास गरेर जनप्रतिनिधीको रुपमा सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने अपेक्षा गरेकी छु ।” 

    वि.स. २०७४ मा बेनीको जिल्ला प्रहरी कार्यालय परिसरमा समुदाय स्तरबाट आर्थिक र जिन्सी सहयोग जुटाएर दुई कोठे पिडित मैत्री आश्रयस्थल भवन निर्माण भएको थियो । ग्रामिण क्षेत्रका हिंसापिडित महिलाहरु उजुरी र न्याय प्रक्रीयाका लागि बेनी आउँदा खाने, बस्ने ठाउँ नहुने, थप असुरक्षित हुने समस्या हटाउन भवन निर्माणका लागि पौडेलले कोषाध्यक्ष पदमा रहेर सक्रीयतापुर्वक काम गर्नुभएको थियो । 

    हिंसापिडित महिला, बालबालिकाको पैरवीका लागि प्रहरी, प्रशासनमा उहाँ धाइरहनुहुन्छ ।  ९०० जना सेयर सदस्य रहेको बेनीको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको पौडेलले दोस्रो कार्यकालका लागि अध्यक्षको नेतत्व गरिरहनु भएको छ । उहाँकै कार्यकालमा बेनीको गणेशटोलमा सहकारीको भवन निर्माण भएको छ । 

    गण्डकी प्रदेशमै उदाहरणीय र नमुना बनेको दिदीबिहिनी सहकारीले सेयर सदस्यहरुबाट मुठ्ठिदान संकलन गरेर विपन्न, अशाहय, अशक्त महिला, बालबालिका र जेष्ठ नागरिकहरुलाई खाद्यान्न तथा नगद सहयोग गर्दै आएको छ । महिलाहरु मात्र सञ्चालक र कर्मचारी रहेको सो सहकारीले लैङ्गिक हिंसा न्युनीकरण र विभिन्न जनचेतनामुलक कार्यक्रम पनि गरेको छ । 

    पौडेल बेनपा–६ को थाकनपोखरी आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष र जामुनाखर्क माविको व्यवस्थापन समिति सदस्य हुनुहुन्छ । पौडेलको कार्यकालमा थाकनपोखरी आधारभूतको नयाँ भवन लगायत भौतिक पूर्वाधार निर्माण, सिकाई उपलब्धी वृद्धी र विद्यार्थी संख्या बढेको छ । 

    हालै कार्यकाल सकिएको बेनी अस्पताल ब्यवस्थापन समितिको सदस्य रहेकी पौडेलले विभिन्न विकास आयोजनाको उपभोक्ता समितिका पदाधीकारीमा रहेर सक्रीयतापुर्वक भूमिका निर्वाह गर्नुभएको छ । 

    जिल्ला सहकारी संघ म्याग्दीका सचिव रहेकी पौडेलले गैरसरकारी संस्था महासंघको कोषाध्यक्ष पदबाट भने उमेद्वार बन्नुअघी राजिनामा दिनुभएको थियो । मिलनशार, स्पष्ट वत्ता, नम्र बोली ब्यवहार, भद्रता, शालिनता स्नातक तह अध्ययन गरेकी पौडेलको व्यक्तित्व हो । 

    वि.स. २०५९ मा पर्वतको ठूलीपोखरी स्थित जनता सुर्दशन माविको अनेरास्ववीयू क्रान्तिकारीको इकाई सदस्य बनेकी पौडेल हाल अनेमसंघ क्रान्तिकारीको केन्द्रिय सदस्य र म्याग्दी जिल्ला अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । दुई दशकदेखि नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रीय पौडेल कुशल संगठक, योजनाकार र समन्वयकर्ताको रुपमा स्थापित हुनुभएको छ । 

    काँग्रेस र माओवादीका उमेद्वारले बेनीलाई सम्बृद्ध, विकसित, सुरक्षित, ब्यवस्थित र शुसासनयुक्त बनाउने मुद्दा अघि सारेका छन् । उपप्रमुखकी उमेद्वार पौडेल महिला र युवालाई आयआर्जन, रोजगार र विकासमा परिचालन गरेर विकास तथा सम्बृद्धी हाँसिल गर्न सकिनुका साथै बेनीलाई ब्यापारिक र पर्यटकीय केन्द्र बनाउन सकिने दावी गर्नुहुन्छ । 

    युवा र महिलाहरुलाई सिपमुलक तालिम दिएर दक्ष बनाउन सकेमा स्वदेशमै स्वरोजगार बनाउन सकिने सम्भावना छ । मुस्ताङ जाने र आउने पर्यटकलाई मात्र बेनीमा अडाउन, डुलाउन र भुलाउन सकियो भने पनि यहाँको आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रमा धेरै सुधार गर्न सकिने पौडेल बताउनुहुन्छ । 

    “पूर्वाधार विकासलाई अब आयआर्जनसँग जोड्नुपर्छ । सामाजिक र आर्थिक रुपान्तरणका लागि युवा नेतृत्वको आवश्यकता छ,” उहाँले भन्नुभयो “गाउँमा गाडीले बजारबाट सामान मात्र लैजाने नभएर गाउँका उत्पादन बोकेर बजार पु¥याउने र गाउँमा पैसा भित्र्याएर पुगेको सुविधा उपयोगका लागि सक्षम बनाउनुपर्छ ।” 
    २४ हजार ७११ जना मतदाता रहेको बेनी नगरपालिकामा १७ मतदान स्थल र २८ वटा मतदान केन्द्र छन् । गत चुनावमा बेनी नगरपालिकामा काँग्रेसका मेयरका उमेद्वार हरिकुमार श्रेष्ठले ५६७९ मत ल्याएर बिजयी हुँदा वडा अध्यक्षका उमेद्वारहरुले चार हजार ५५६ मत ल्याएका थिए । 
    एमालेका प्रमोद श्रेष्ठले मेयरमा ५

    ६३४ मत ल्याउँदा वडा अध्यक्षका उमेद्वारहरुले कुल ५३९३ मत ल्याएका थिए । मेयरका स्वतन्त्र उमेद्वार पृथीप्रसाद पुनले २६६ मत ल्याएका थिए । एमालेसँग तालमेल गरेका राप्रपाका सञ्जु बरुवालले ३९९५ मत ल्याएर बिजयी हुँदा १ नम्बर वडामा राप्रपाका वडा अध्यक्षका उमेद्वारले २२२ मत ल्याएका थिए । 


    काँग्रेससँग तालमेल गरेका माओवादीका ज्योती लामिछाने पौडेलले उपमेयरमा ३९६१ मत पाउँदा हाल माओवादीमा रहेका स्वतन्त्र उमेद्वार सहित माओवादीका वडा अध्यक्षका उमेद्वारहरुले १७४२ मत ल्याएका थिए । गत चुनावमा बेनीमा एमालेले ८ र काँग्रेसले १ वटा वडा जितेका थिए । स्वतन्त्रबाट बेनपा–३ भकिम्लीको वडा अध्यक्ष जितेका पदम पुन अहिले माओवादी केन्द्रबाट वडा अध्यक्षको उमेद्वार बन्नुभएको छ । 

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology