Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अहिले गठबन्धनकै पक्षमा जनलहर छ मेयर उप मेयर दुबैले जित्छौ:शिव कट्टेल गठबन्धनबाट मेयर उम्मेदवार महालक्ष्मी नगरपालिका ललितपुर

अहिले गठबन्धनकै पक्षमा जनलहर छ मेयर उप मेयर दुबैले जित्छौ:शिव कट्टेल गठबन्धनबाट मेयर उम्मेदवार महालक्ष्मी नगरपालिका ललितपुर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २५, २०७९ आइतवार • ११:५९:५८ बजे
  • 1.3K
    SHARES
  • अहिले गठबन्धनकै पक्षमा जनलहर छ मेयर उप मेयर दुबैले जित्छौ:शिव कट्टेल गठबन्धनबाट मेयर उम्मेदवार महालक्ष्मी नगरपालिका ललितपुर

    आम जनताको घरदैलोमा पुगेर मत मागेका छौं। यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, मठमन्दिर, रोजगार लगायत क्षेत्रमा काम गर्ने आवश्यकता देखेका छौं। यस क्षेत्रमा बाटो अस्तव्यस्त छ, त्यसलाई व्यवस्थित बनाउनुपर्ने छ। सहरको ढल व्यवस्थित नहुँदा समस्या भइरहेको छ, त्यसमा काम गर्न खोजेका छौं। एक घर एक धाराको अभियान अघि सारेका छौं। हामी जति पनि आमाबुबा दिदीबहिनीको घरदैलोमा पुगेका छौं, त्यहाँ पूर्वाधारको विकास जति हुनुपर्ने हो त्यति हुन सकेको छैन। सामाजिक र चुनावी विषयवस्तुमा केन्द्रीत रहेर गरिएको कुराकानी :

    images

    तपाईलाई मेयरको रुपमा महालक्ष्मीका मतदाताले किन भोट दिने ?

    हामीले बिहान सात बजेदेखि ११ बजेसम्म घरदैलो गर्छौं। बेलुका टोल टोलमा भेटघाट र छलफल गरेर भोट मागेका छौं। आम जनताको घरदैलोमा पुगेर मत मागेका छौं। यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, मठमन्दिर, रोजगार लगायत क्षेत्रमा काम गर्ने आवश्यकता देखेका छौं। यस क्षेत्रमा बाटो अस्तव्यस्त छ, त्यसलाई व्यवस्थित बनाउनुपर्ने छ। सहरको ढल व्यवस्थित नहुँदा समस्या भइरहेको छ, त्यसमा काम गर्न खोजेका छौं। एक घर एक धाराको अभियान अघि सारेका छौं। हामी जति पनि आमाबुबा दिदीबहिनीको घरदैलोमा पुगेका छौं, त्यहाँ पूर्वाधारको विकास जति हुनुपर्ने हो त्यति हुन सकेको छैन। यहाँको बेरोजगारी पनि उत्तिकै समस्या छ। नगरपालिकाबाट केही सिर्जनशील काम गर्न सकिन्छ भनेर काम गर्न खोजेका छौं।

    तपाई यसअघिको चुनावमा पनि उम्मेदवार हुनुहुन्थ्यो, यसअघिको चुनावी प्रचार र अहिलेको चुनावी प्रचारमा के अन्तर पाउनु भयो?

    त्यतिबेला मलाई छोटो समयमा पार्टीले जिम्मेवारी दिएको थियो। माओवादीबाट एकल उम्मेदवारी दिएकाले एकल प्रचार प्रचार मात्रै भयो। अहिले काँग्रेससहित गठबन्धनको उम्मेदवार भई प्रचारमा जुटेका छौं। त्यसले गर्दा जनतामा जान पनि मलाई सहज भएको छ। काँग्रेस र हाम्रो सुमधुर सम्बन्ध कायम भइरहेको छ। काँग्रेस र माओवादीले १० वटै वडामा संयुक्त उम्मेदवारी दिएकाले यस पटकको चुनावमा फरक अनुभूति गरेका छौं। यसअघि पनि काँग्रेससँग मेरो राम्रो सम्बन्ध थियो। गठबन्धन भएपछि झन् राम्रो सम्बन्ध हुँदै गएको छ र यो गठबन्धनलाई कम्तीमा ५ वर्ष, त्योभन्दा बढी समय लाग्नेगरी सोचिएको छ।

    यसअघिका निर्वाचनभन्दा अहिले निर्वाचन आयोगले आचारसंहिता कडा बनाएको छ। त्यसैले यसअघिको निर्वाचनमा जस्तै चोक, गल्लीमा झण्डा, तुल, ब्यानर देख्न पाइँदैन। कता कता चुनावै आएको छैन कि जस्तो पनि हुन्छ तर, हामीले दैनिक घरदैलो र टोलमा भेटघाट र छलफल जारी राखेकाले चुनावी माहोल तातेको छ। यस्तै यसपटक चुनावमा भर्चुअल प्रचार प्रसार बढी भएको छ। सामाजिक सञ्चालका भित्ताहरु रङ्गिएका छन्। तर चोक, गल्लीहरुमा रौनक हराएजस्तो भएको छ। सायद सूचना प्रविधिको क्रान्तिले ल्याएको परिवर्तन हुन सक्छ।

     

    तपाईले मेयरको रुपमा उम्मेदवारी दिँदा कत्तिको चुनौतीको रुपमा लिनु भएको छ ?

    राजनीतिमा चुनौती नै हुँदैन भन्ने होइन। उहाँहरु आ–आफ्नो पार्टीबाट उठ्नु भएको छ। काँग्रेस र माओवादीको संयुक्त गठबन्धनबाट मेयरमा म र उपमेयरमा लक्ष्मी महर्जन उठ्नुभएको छ। आमजनताले मूल्यांकन गर्नुपर्छ भन्ने लाग्छ। किनभने अघिल्लो चुनावमा यो नगरपालिकामा एमालेले ९० प्रतिशत जित्यो तर, नगरपालिकाको अवस्था कहाँ पुग्यो भन्ने कुरा नगरवासीले राम्रोसँग बुझ्नु भएको छ। म कसैलाई अरोप लगाउने काम गर्दिनँ। उनीहरुले आरोप लगाएकाले गठबन्धन भएको पनि होइन। एमालेले गरेको भ्रष्टाचार र नगरको अस्तव्यस्ततालाई आममतदाताले राम्रोसँग बुझ्नु भएको छ।

    तपाईहरु चुनाव जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?

    अहिले यस नगरपालिकामा गठबन्धनकै पक्षमा माहोल देखिएको छ। यहाँका मतदाता र शुभचिन्तकले साँच्चिकै गठबन्धनलाई जिताउनु पर्छ भन्ने महसुस गर्नुभएको छ। त्यो जनलहर र उत्साहले देखाएको पनि छ। त्यसले हामीमा पनि उत्साह र आत्मविश्वास बढाएको छ। जसले गर्दा हामी जितको नजिक छौं।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology