Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

कांग्रेसले संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो : ओली

कांग्रेसले संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २५, २०७९ आइतवार • १२:२३:५७ बजे
  • 457
    SHARES
  • कांग्रेसले संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको षड्यन्त्रले चरम उत्कर्षको रूप लिएका बताएका छन् । ओलीले सरकारबाट बाहिरिएका बेलाका प्रसंग निकाल्दै कांग्रेसको षड्यन्त्रले चरम रूप लिएको दाबी हुन् ।

    images

    आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले कांग्रेसले उल्टो बाटो समातेको समेत टिप्पणी गरे । ओलीले भने ‘कांग्रेसको षड्यन्त्रले चरम उत्कर्षको रूप लियो ।

    कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ, सहयोग लिएर राजनीतिक र देशहितका सम्बन्धमा उल्टो बाटो समात्ने काम ग¥यो ।

    उनले राजनीतिक दलको आधारभूत मर्ममाथि कांग्रेसले प्रहार गरेको समेत बताए । ‘कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार ग¥यो । संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो’ ओलीले भने, ‘संसदले सरकार निर्माण गर्ने संसदीय शासन प्रणाली आदर्शको उपहास ग¥यो । संसदलाई राजनीतिक निर्णयको थलो हुन नदिई बन्धक बनायो ।

    स्वतन्त्र न्यायपालिकामाथि आघात पु¥यायो ।’ एमालेले संविधानको रक्षा गर्न र जनताको अधिकार रक्षाका लागि चुनावमा जाने निर्णय गरेपनि सर्वोच्च अदालतको परमादेशपछि नयाँ सरकार बनेको ओलीको भनाइ थियो ।

    ओलीले भने, ‘त्यसबेला एमाले सरकारका सामु अन्य विकल्प थिएन, जनादेशका लागि जनतामा जाने निष्कर्ष भयो । तर अदालतको परमादेशले सरकार बदलियो ।

    विकास अभियान फेरि एकपटक अवरूद्ध भयो । चरम पदीय स्वार्थ राखेर संविधानको आधारभूत मर्ममाथि गरिएको प्रहारलाई जनताकै मतबाट प्रहार गर्न हामी आएका छौँ ।’ उनले एमाले मात्रै राष्ट्रियता र राष्ट्रिय अखण्डताको पहरेदार पार्टी रहेको दावी गर्दै भने, ‘एमाले बाहेकका अन्य राजनीतिक दल अनिश्चयबाट ग्रसित र विवश छन् ।

    जुन ती दलका नेताहरुले नै स्वीकार गरेका छन् ।’ ‘अन्य राजनीतिक दलहरु अनिश्चयबाट ग्रसित र विवश भएको स्वीकार गरिसकेका छन्, एमाले मात्रै राष्ट्रिय एकताको पहरेदारी गर्ने पार्टी हो भन्ने स्पस्ट भैसकेको छ’, ओलीले भने, ‘राष्ट्रिय एकता कमजोर पार्ने र देशभक्तिलाई होच्याउने कुरा एमालेलाई स्वीकार्य छैन ।’

    ओलीले एमालेको सरकार नआइञ्जेल देशको विकास नहुने समेत दावी गरे । उनले एमालेप्रति जनताको विश्वास रहेको बताउँदै उनले भने, ‘अब पाँच वर्ष एमालेले सरकार चलाउँछ । त्यसपछि नेपाली जनताले विकासको अनुभूति गर्न पाउनेछन् ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology