Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेलायतमा स्थानीय निर्वाचन : प्रधानमन्त्री जोनसन नेतृत्वको पार्टीलाई झट्का

बेलायतमा स्थानीय निर्वाचन : प्रधानमन्त्री जोनसन नेतृत्वको पार्टीलाई झट्का

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २५, २०७९ आइतवार • १२:२८:३१ बजे
  • 1.3K
    SHARES
  • बेलायतमा स्थानीय निर्वाचन : प्रधानमन्त्री जोनसन नेतृत्वको पार्टीलाई झट्का

    एजेन्सी । बेलायतको स्थानीय चुनावमा प्रधानमन्त्री बोरिस जोनसन नेतृत्वको कन्जरभेटिभ दललाई झट्का लागेको छ । बीबीसीका अनुसार जोनसन नेतृत्वको दलले झन्डै पाँच सय सिट र ११ वटा प्रमुख काउन्सिलमा आफ्नो पकड गुमाएको छ ।

    images

    बेलायतमा आम चुनाव हुन दुई वर्ष बाँकी छ । तर, यो चुनावी नतिजाले कन्जरभेटिभ दलको भविष्यमा चुनौती थपिएको छ । प्रतिपक्ष दल लेबर नेता केर स्टार्मरले आफ्नो दल संसदीय चुनावका लागि जितको बाटोमा लागिसकेको प्रतिक्रिया दिएका छन् ।

    यसैबीच, बेलायतका विभिन्न काउन्सिलबाट उम्मेदवार बनेका १० जना नेपालीमूलका उम्मेदवारमध्ये पाँच जना विजयी भएका छन् । लन्डन हन्स्लो बरोबाट लेबर पार्टीका विष्णुबहादुर गुरुङ तेस्रो पटक काउन्सिलर निर्वाचित भए ।

    त्यस्तै लन्डनको बार्नेट काउन्सिलका पूर्वउपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलरमा विजयी बने । लन्डनकै बार्नेट काउन्सिलको बन्ट्रोओक वडाबाट पूर्व गोर्खा कमलबहादुर गुरुङ, रोयलबरोबाट पहिलो पटक नेपालीमूलका जित रानाभाट र कोलबर्न एण्ड हिप्सवेलको काउन्सिलरमा जगन्नाथ शर्मा निर्वाचित भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology