Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमाले सरकारमा नजाने बेलासम्म देश बिकास हुदैन : ओली

एमाले सरकारमा नजाने बेलासम्म देश बिकास हुदैन : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २५, २०७९ आइतवार • १२:३२:०३ बजे
  • 997
    SHARES
  • एमाले सरकारमा नजाने बेलासम्म देश बिकास हुदैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नआइञ्जेल देशको विकास नहुने बताएका छन् । एमाले मात्र देशको एक पार्टी भएको बताउँदै उनले देशको विकास हनुका लागि एमालेको सरकार आउनपर्ने उनले बताएका हुन् ।

    images

    ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार पछिल्लो समसामयिक राजनीति तथा आसन्न स्थानीय तह निर्वाचनबारे आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले भने, ‘देशको विकास र समाज रुपान्तरणका लागि एमालेले सधैं अग्रसर हुँदै आएको छ ।

    एमालेमात्र एउटा यस्तो पार्टी हो, जसले निरन्तर देश र जनताका लागि काम गर्दै आएको छ ।’ एमालेबाहेक अरु पार्टीमा राष्ट्रियता नभएको समेत उनले दावी गरे ।

    ओलीले नेपाली कांग्रेसले देशलाई पछाडि फर्काउने काम गरेको बताएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गदै ओलीले कांग्रेसले सुशासन र विकासमा अघि बढिरहेको देशलाई पछाडि फर्काउने काम गरेको अरोप लगाएका हु्न ।

    ‘संसदीय मूल्य र मान्यतालाई नै कुल्चिने काम गरेको छ । संसदलाई राजनीतिक निर्णयको थलो भन्दा बन्धक बनाइयो । स्वतन्त्र न्यायपालिकामाथि आक्रमण गरियो’ ओलीले भने ।

    देशको सच्चा पहरेदार एमाले मात्रै भएको जिकिर गर्दै ओलीले भने, ‘नेपालको पहरेदार नेकपा एमाले मात्रै हो । त्यसको पुष्टी संविधान संशोधन मार्फत जारी गरिएको नक्साले गर्छ ।’

    यसैगरी ओलीले एमालेको सरकार नबनेसम्म देशको बिकास हुन नसक्ने समेत बताएका छन् । विगतमा एमाले सरकारले गरेको कामहरुले विकास गर्ने पार्टी एमाले नै भएको तथ्य प्रस्तुत गरेको ओलीले दावी गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology