एजेन्सी । कोरोना भाइरसको उद्गम थलो चीनको वुहानमा १४ लाख बालबालिका डिसेम्बरपछि पहिलो पटक विद्यालय पुगेका छन् । बालबालिकाहरु विद्यालय, नर्सरी र क्याम्पसमा फर्किएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले संसार भर फैलिएको छ । चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमध्ये ८० प्रतिशत यहीँ सहरका छन् ।

वुहानमा जनवरीदेखि ११ हप्तासम्म लकडाउन लागेको थियो । बिबिसीका अनुसार पढाइ सुरु भएसँगै विद्यालय, नर्सरी, क्याम्पस र विश्व विद्यालयका गेटमा स्वास्थ्य परीक्षणका लागि चेक प्वाइन्ट बनाइएको छ ।

बालबालिका विद्यालय प्रवेश गर्नुअघि उनीहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । जहाँ कोरोना केन्द्रित स्वास्थ्य परीक्षण हुन्छ ।
बालबालिकालाई मास्क लगाउन अनिवार्य गरिएको छैन । तर, धेरै बालबालिकाले आफूसँग मास्क राख्ने गरेका छन् ।
