Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हामीलाई यथास्थितिमै रुमल्लीन रहर र छुट दुबै छैन: प्रचण्ड

हामीलाई यथास्थितिमै रुमल्लीन रहर र छुट दुबै छैन: प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २६, २०७९ सोमवार • १४:०२:२४ बजे
  • 811
    SHARES
  • हामीलाई यथास्थितिमै रुमल्लीन रहर र छुट दुबै छैन: प्रचण्ड

    काठमाडौं, २६ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बन्नुपर्ने बताउनुभएको छ ।
    स्थानिय निर्वाचनको पुर्वसन्ध्यामा अध्यक्ष प्रचण्डले आम मतदातालाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।

    images


    प्रचण्डले संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षीत जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलव्धी विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका बताउँदै त्यसलार्य परास्त गरि परिवर्तनका एजेण्डा स्थापित गराउन हँसिया हतौडा चिन्हमा मतदान गर्न पनि अपील गर्नुभएको छ ।

    अपीलमा भनिएको छ  – यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षीत जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलव्धी विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन, त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाईको रुपमा लिएका छौं ।

    प्रचण्डले निर्वाचनमार्फत स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा स्वास्थ्य, रोजगारीको सुनिश्चिततामार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सकिने र त्यसको जिम्मेवारी माओवादी क्रान्तिकारीकै काँधमा आएको पनि उल्लेख गर्नुभएको छ ।

    अपीलमा प्रचण्डले यथास्थितिमै रुमल्लीन रहर र छुट दुबै नभएको बताउँदै भन्नुभएको छ –त्यसैले आउनुस्, अग्रगमन र प्रतिगमनको यो लडाईंमा नेकपा (माओवादी केन्द्र)को गोलाकारभित्रको हँसिया हतौडा चिन्हमा र गठबन्धनका उमेदवारहरुको चुनाव चिन्हमा मतदान गरी नेपाली जनताका अधुरा सपना पुरा गर्दै समृद्ध नेपालको निर्माणतर्पm अघि बढौं ।

    अध्यक्ष प्रचण्डद्वारा जारी अपीलको पूर्ण पाठ :

    आदरणीय आमा बुबा, दिदीबहिनी, दाजुभाईहरु


    जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, उत्पीडित जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सिंहदरबार केन्द्रीत अधिकार जनताको घरदैलोमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

    यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षीत जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलव्धी विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन, त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाईको रुपमा लिएका छौं ।
    हामीले साँचो अर्थमा खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले अनुभुति गर्न सकेका छैनन् । त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा स्वास्थ्य, रोजगारीको सुनिश्चिततामार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौति हाम्रो सामु छ । कृषिमा अनुदानमार्फत उत्पादन, किसान पेन्सन, औद्योगिकरण तथा ग्रामिण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी, सबैखाले शोषण र विभेदको अन्त्य, विदेशमा रगत पसिना चुहाउने अवस्था नहटाई साँचो अर्थमा लोकतन्त्रको अनुभुति जनताले गर्न सक्दैनन् । इतिहासले माओवादीलाई यो जिम्मेवारी सुम्पिएको छ ।
    हामीलाई यथास्थितिमै रुमल्लीन रहर र छुट दुबै छैन । त्यसैले आउनुस्, अग्रगमन र प्रतिगमनको यो लडाईंमा नेकपा (माओवादी केन्द्र)को गोलाकारभित्रको हँसिया हतौडा चिन्हमा र गठबन्धनका उमेदवारहरुको चुनाव चिन्हमा मतदान गरी नेपाली जनताका अधुरा सपना पुरा गर्दै समृद्ध नेपालको निर्माणतर्पm अघि बढौं ।
    क्रान्तिकारी अभिवादनसहित
    पुष्पकमल दाहाल ‘प्रचण्ड’
    अध्यक्ष
    नेकपा (माओवादी केन्द्र) 

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology