Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

गण्तन्त्र जोगाउन गठबन्धनलाई जिताउनैपर्छ : मन्त्री श्रेष्ठ

गण्तन्त्र जोगाउन गठबन्धनलाई जिताउनैपर्छ : मन्त्री श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २६, २०७९ सोमवार • १४:२०:५७ बजे
  • 667
    SHARES
  • गण्तन्त्र जोगाउन गठबन्धनलाई जिताउनैपर्छ : मन्त्री श्रेष्ठ

    नेकपा एकीकृत समााजवादीका नेता किसान श्रेष्ठले गठबन्धनले जितेमात्र देशमा गणतन्त्र, संघीयता र संविधान रहने बताएका छन् ।

    images

    पोखरामा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रम तथा रोजगारमन्त्रीसमेत रहेका श्रेष्ठले गठबन्धनले नजिते मुलुक ठूलो दुर्घटनामा पर्ने चेतावनी दिए ।

    मन्त्री श्रेष्ठले भने, ‘यो गठबन्धन नबनेको भए गणतन्त्र, संघीयता र संविधान रहने थिएन । यदि यहाँ गठबन्धनले जितेन भने धेरै मुलुक ठूलो दुर्घटनामा जान्छ ।’

    उनले गणतन्त्र जोगाउनका लागि समेत गठबन्धनलाई जिताउनपर्ने बताए । मन्त्री श्रेष्ठले आफूहरुले आफ्नै अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाएको भन्दै कांग्रेसले पोखरामा त्यसको गुण तिर्नुपर्ने समेत बताए ।

    पोखरामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य मेयरका उम्मेदवार छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology