Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

क्युवाको हवाना विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

क्युवाको हवाना विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २६, २०७९ सोमवार • १४:३२:०५ बजे
  • 658
    SHARES
  • क्युवाको हवाना विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

    हवाना । क्युवाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । सो सुविधान सम्पन्न होटलमा गएको शुक्रबार विस्फोट भएको थियो ।

    images

    त्यसमा परी आइतबार थप पाँच जनाको ज्यान गएको छ । सो समेतगरी यस विस्फोटमा परेर ज्यान जानेको संख्या ३० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

    उक्त दुर्घटनामा परी ज्यान जानेमा एकजना स्पेनी पर्यटक पनि परेको बताइएको छ । त्यसमा ती पर्यटकसहित ३० जनाको मृत्यु भएको राज्य सञ्चालित टेलिभिजनले आइतबार जनाएको छ ।

    सो दुर्घटनामा परेका अरु कम्तीमा पनि ८४ जना घाइते छन् । ती घाइतेहरु पनि अधिकांश जलेका बताइएको छ । होटलको ग्यास चुहावटका कारण शक्तिशाली विस्फोट भएको क्युवाको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

    यस दुर्घटनाको उद्धारको काम जारी रहेको पनि सो टिभीले जनाएको छ ।

    दुर्घटनापछि भग्नावशेषमा पुरिएका मानिसहरू जीवित पाइने आशामा खोजी जारी राखिएको क्युवाली अधिकारीले बताएका छन् । तर अब भने मानिसहरुलाई जीवितै उद्धारको सम्भावना नरहेको उनीहरुको भनाई छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology