Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

पोखरामा कांग्रेसका बागी उम्मेदवारद्वारा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने घोषणा

पोखरामा कांग्रेसका बागी उम्मेदवारद्वारा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २६, २०७९ सोमवार • १८:१८:२३ बजे
  • 511
    SHARES
  • पोखरामा कांग्रेसका बागी उम्मेदवारद्वारा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने घोषणा

    पोखरा । पाँच दलीय गठबन्धनको निर्णयविपरीत पोखरा महानगरपालिकामा मेयरको उम्मेदवारी दिएका नेपाली कांग्रेसका बागी उम्मेदवार विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।

    images

    स्थानीय तह निर्वाचनमा कांग्रेसले लिएको नीतिप्रति असहमति जनाउँदै कार्कीले बागी उम्मेदवारी दिएका थिए ।

    निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि तोकेको समयमा उम्मेदवारी फिर्ता नलिएका कार्कीले अन्तिम समयमा विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् ।

    उम्मेदवरी निष्क्रिय भएको घोषणा गरेका कार्कीले अब गठबन्धनका उम्मेदवारलाई सहययोग गर्ने घोषणासमेत गरेका छन् ।

    कार्कीले विज्ञप्तिमा भनेका छन्– ‘साथीहरुको सल्लाह र अग्रज नेताहरुको आग्रह अनुसार मेरो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दछु । अब गठबन्धनका उम्मेदवारलाई सहयोग गर्छु ।’

    सत्तारुढ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसका कोपिला रानाभाट उम्मेदवार छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology