Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसक्यो : गगन थापा

एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसक्यो : गगन थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २७, २०७९ मंगलवार • १९:४०:२८ बजे
  • 703
    SHARES
  • एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसक्यो : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले)को चुनाव चिह्न सूर्यमा प्वाल परिसकेको टिप्पणी गरेका छन् ।

    images

    एमालेले साना दलहरुसँग तालमेल गरेको र ती दलका चिह्नले घोचेर सूर्यमा प्वाल परिसकेको थापाको भनाइ थियो ।

    मंगलबार काठमाडौँको असनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल, परिवार दललगायतका साना पार्टीको चुनाव चिह्नले सूर्यलाई प्वाल पारेको टिप्पणी गरेका हुन् ।

    ‘मकवानपुरमा कमल थापा, चितवनमा राजेन्द्र लिङ्देन, डाँडा चढ्दा विप्लव, आरोलो झर्यो सीके राउत,’ थापाले भने, ‘परिवार दलको साँचोदेखि सीके राउतको लाउड स्पिकर, कमल थापाको तीरदेखि राजेन्द्र लिङ्देनको हलोसम्म चारै तिरबाट सूर्यको झन्डा हेर्नु भयो भने घोच्दा घोच्दा प्वाल परिसकेको छ ।’

    उनले काठमाडौँका मतदाताले एमालेलाई प्रशर्न गर्नु पर्ने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology