Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

गठनबन्धन सफल भएको वर्षमान पुनको जिकिर

गठनबन्धन सफल भएको वर्षमान पुनको जिकिर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २७, २०७९ मंगलवार • २०:०४:१४ बजे
  • 688
    SHARES
  • गठनबन्धन सफल भएको वर्षमान पुनको जिकिर

    रोल्पा । नेकपा मोआवादी केन्द्रका नेता वर्षमान पुनले देशभरको स्थानीय तहको अवस्था अनुसार समग्रमा गठबन्ध सफल भएको जिकिर गरेका छन् ।

    images

    रोल्पा सदरमुकाम लिवाङमा आज आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेको उनले देशका सबै महानगर र उपमहानगरसहित ६० प्रतिशत स्थानीय तहमा गठबन्धन भएकाले यो गठबन्धन सफल भएको मान्नुपर्ने बताए ।

    कतिपय ठाउँमा सरकारमा रहेका सबै दल संलग्न रहने गरी गठबन्धन भएको छ भने कतिपय ठाउँमा चार दल, तीन दल वा दुई दलबीच समेत गठबन्धन भएको देखिन्छ ।

    यी सबै जोड्दा ६० प्रतिशत गठबन्धन भएको रिपोर्ट आएको नेता पुनले बताए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादीबीच १०६ स्थानीय तहमा मात्रै तालमेल भएको स्मरण गराउँदै उनले यस पटकको तालमेललाई सफल मान्नुपर्ने तर निर्वाचनमा शतप्रतिशत तालमेल हुन्छ भन्नु मनोगत मात्रै हुने बताए ।

    तालमेल सफल भए नेपाली कांग्रेसले देशका ३०० बढी स्थानीय तहको प्रमुखमा जित्ने र दोस्रो स्थान नेकपा माओवादी केन्द्रले लिने गरी रिपोर्ट आएको उनको भनाइ छ ।

    स्थानीय तहको निर्वाचनका लागि गृह जिल्लाका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नेता पुन रोल्पा आएका हुन् ।

  • सम्बन्धित विषय:

  • # वर्षमान पुनको जिकिर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology