Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

आजदेखि मौन अवधि सुरु, प्रचारप्रसार बन्द

आजदेखि मौन अवधि सुरु, प्रचारप्रसार बन्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २८, २०७९ बुधवार • ११:१५:०७ बजे
  • 1.0K
    SHARES
  • आजदेखि मौन अवधि सुरु, प्रचारप्रसार बन्द

    आजदेखि मौन अवधि सुरु भएको छ । मतदान ३० वैशाखमा हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको हो ।

    images

    निर्वाचन आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार—प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ ।

    निर्वाचनको मौन अवधि अगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ । सामाजिक सञ्जालमा रहेका आचारसंहिता विपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ ।

    आयोगले नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

    मतदानका दिन वैशाख ३० गते यातायातका साधन बन्द गर्ने निर्णय सरकारले गरेको छ।

    एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहनेछन् ।

  • सम्बन्धित विषय:

  • # प्रचारप्रसार बन्द
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology