Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

३५५ पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् : निर्वाचन आयोग

३५५ पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् : निर्वाचन आयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २८, २०७९ बुधवार • ११:२२:४९ बजे
  • 994
    SHARES
  • ३५५ पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् : निर्वाचन आयोग

    स्थानीय निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले मंगलवार राति १२ बजेपछि मौनावधि शुरु हुने जनाएको छ । आयोगले मंगलवार पत्रकार सम्मेलन गरी यस बारेमा जानकरी गराएको हो ।

    images

    पत्रकार सम्मेलनमा निर्वाचन आयोग नेपालका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् भने ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएको बताए ।

    उनले यो निर्वाचनमा १० हजार ७ सय ५६ मतदान स्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २ सय २१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नका लागि मतदान गर्ने पनि जानकारी दिए ।

    उनले मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरुसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवकहरु आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेका र स्थानीय तह निर्वाचनमा भाग लिने भनि दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिष्पर्धामा रहेको बताए ।

    त्यस्तै ५५ हजार ६५८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेको बताए ।

    त्यस्तै निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाध रुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकार लगायत सम्बन्धित स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिइसकिएको र सो बमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको जानकारी गराएको छ । प्रवक्ता पौडेलले वैशाख २८ र २९ गते सबै मतदान स्थलहरुमा मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरुबाट मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिका सम्बन्धी जानकारी दिने कार्यक्रम रहेको बताए । उनले पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताहरुलाई वैशाख २८ र २९ गते सम्बन्बित मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गरिने जानकारी दिए । त्यस्तै आयोगले मौन अवधिमा कुनैपनि माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनैपनि गतिविधि गर्न नपाइने हुँदा सो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिहरुको सम्बन्धमा निरगानी राखि त्यस्तो गतिविधि हुन नदिने तथा मतदानको मतदातालाई सुरक्षित रुपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किनसक्ने वातावरण निर्माण गर्नुपर्ने भएकोले मतदातालाई कुनैपनि प्रकारको अवरोध हुन नदिने आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, तथा सबै स्थानीय प्रशासनलाई आयोगले निर्देशन दिएको छ ।

    प्रवक्ता पौडेलले यो अवधि मतदानको समयभन्दा ४८ घण्टा अगाडि अर्थात् आज वैशाख २७ गते मंगलवार राति १२ बजेपछि शुरु हुनेछ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा तल्लो भाते संगठन, वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसार लगायत तथा कुनैपनि प्रकारका छलफल, प्रचारप्रसारकासभा सम्मेलन, कार्यशाला गोष्ठीआदि गर्न नुहने, राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने कुनैपनि विधि, प्रक्रिया वा माध्यमबाट मतमाग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनैपनि सन्देश सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न गराउन नहुने हुँदा यससम्बन्धी आचरण पालना गरिदिन सम्बन्धित सबैमा आयोगले आग्रह गरेको छ ।

    त्यस्तै मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत र मतदान हुने दिन, आन्तरिक रुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने वयवस्था मिलाएको छ भने उम्मेदवार र अत्यावश्येक सेवाका लागि सवारी आवागमन अनुमतिको मापदण्ड जारी गरी पास उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

    आयोगले निर्वाचनमा शान्ति सुरक्षाको स्थिति कायम राख्न मौनावधि शुरु भएपछि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनको समन्वयमा तोकेको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन गर्नसमेत निषेध गरेको जनाएको छ । निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न र मतदानको लागि सुरक्षित तथा भयरहीत वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि आवश्यक हुन्छ ।

    यो अवधि मतदानको समयभन्दा ४८ घण्टा अगाडि अर्थात् आज वैशाख २७ गते मंगलवार राति १२ बजेपछि शुरु हुनेछ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा तल्लो भाते संगठन, वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसार लगायत तथा कुनैपनि प्रकारका छलफल, प्रचारप्रसारकासभा सम्मेलन, कार्यशाला गोष्ठीआदि गर्न नुहने, राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने कुनैपनि विधि, प्रक्रिया वा माध्यमबाट मतमाग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनैपनि सन्देश सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न गराउन नहुने हुँदा यससम्बन्धी आचरण पालना गरिदिन सम्बन्धित सबैमा आयोगले आग्रह गरेको छ ।

    मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत र मतदान हुने दिन, आन्तरिक रुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने वयवस्था मिलाइएको छ । उम्मेदवार र अत्यावश्येक सेवाका लागि सवारी आवागमन अनुमतिको मापदण्ड जारी गरी पास उपलब्ध गराउने व्यवस्था गरिएको छ । निर्वाच्नमा शान्ति सुरक्षाको स्थिति कायम राख्न मौनावधि शुरु भएपछि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनको समन्वयमा तोकेको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन गर्नसमेत निषेध गरिएको छ ।

    प्रवक्ता पौडेलले मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको र यो अधिकारको प्रयोग गर्न यही वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचनमा कसैको डर, धाक, धम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोग सम्पूर्ण मतदाताहरुलाई अपील समेत गरे ।

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology