Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

पैसा बाँड्दै गर्दा एमाले अध्यक्षका उम्मेदवार पक्राउ

पैसा बाँड्दै गर्दा एमाले अध्यक्षका उम्मेदवार पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २९, २०७९ बिहिवार • ०९:५८:२४ बजे
  • 736
    SHARES
  • पैसा बाँड्दै गर्दा एमाले अध्यक्षका उम्मेदवार पक्राउ

    गुर्भाकोट नगरपालिका-११ का एमाले उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    गुर्भाकोट नगरपालिका वडा नम्वर ११स्थित आँपसोतीबाट एमालेका वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले पक्राउ गरेको हो । पैसा बाँड्दै गरेको भन्ने स्थानीयबासीको सूचनापछि प्रहरी घटनास्थल पुगेको थियो ।

    विसीलाई प्रहरीले रंगेहात नियन्त्रणमा लिएको छ । बुधबार मध्य राति गुर्भाकोट मतदाताहरुलाई पैसा बाँड्दै गरेको अवस्थामा उम्मेदवार विसीलाई प्रहरीले रंगेहात नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    डिएसपी रामप्रसाद घर्तीले प्रहरीले विसीबाट नगद १ लाख १२ हजार रुपैयाँ पनि बरामद गरेको छ ।

    ‘पैसा बाँड्न लागेको भन्ने स्थानीयका सूचना गरेपछि प्रहरी त्यहाँ गएको हो’ डिएसपी घर्तीले भनेका छन्, ‘उम्मेदवार विसीलाई नियन्त्रणमा लिएका छौ भने उक्त घरमा बेवारिसे अवस्थामा एक लाख १२ हजार नगद पनि फेला परेको छ ।’

    घटनाको विषयमा अनुसन्धान भइरहेको घर्तीको भनाई छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology