Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

प्रहरी नियन्त्रणबाट मुक्त भए नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला

प्रहरी नियन्त्रणबाट मुक्त भए नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २९, २०७९ बिहिवार • १४:०९:५७ बजे
  • 883
    SHARES
  • प्रहरी नियन्त्रणबाट मुक्त भए नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला

    नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई दाङको भालुबाङ प्रहरीले ६ घण्टापछि छाडेको छ । इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले बास्तोला नियन्त्रणबाट मुक्त भएको जानकारी दिए ।

    images

    पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलालाई बिहीबार बिहान ४ बजे भालुबाङ प्रहरीले नियन्त्रणमा लिएको थियो । बास्तोलालाई बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा बहुमत पार्टीको संलग्नताको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

    बास्तोला सहित उनका सहयोगीहरू राजेन्द्र साउद र अचल मोक्तानलाई ६ घण्टा निगरानीमा राखेर बुटवलमा भएको बम विस्फोटमा संलग्नता नदेखिएपछि रिहा गरिएको इप्रका भालुबाङका प्रहरी निरीक्षक शाहले बताए।

    प्रहरी समक्ष बास्तोताले आफ्नो पार्टीले चुनाव बहिस्कार गर्ने कुनै नीति नभएका समेत बताएको प्रहरी निरीक्षक शाहले बताए ।

    ‘निर्वाचन र बुटवलमा भएको बम विस्फोटको घटनाबारे सोधपुछ गरेका थियौं,’ उनले भने, ‘बम विस्फोटको घटनामा उहाँहरुको संलग्नता भएको देखिनएन र निर्वाचन बहिष्कारको नीति नभएको खुलेपछि जिम्मा जमानीमा छोडेका छौं ।’

    बास्तोला पक्राउ परेलगत्तै नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै चुनाव बहिस्कार गर्ने नीति नभएको जानकारी दिएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology