Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

आफूलाई फसाउन एमालेले गुण्डा पठाए : समिम मियाँ अन्सारी

आफूलाई फसाउन एमालेले गुण्डा पठाए : समिम मियाँ अन्सारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २९, २०७९ बिहिवार • १७:३४:२८ बजे
  • 1.1K
    SHARES
  • आफूलाई फसाउन एमालेले गुण्डा पठाए : समिम मियाँ अन्सारी

    मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेकपा एमाले नेता रघुवीर महासेठले नियोजित रुपमा आफूलाई बदनाम गराएको आरोप लगाएका छन् ।

    images

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष अन्सारीले एमाले नेता महासेठ र झुली महत्तोले आफूलाई बदनाम गराउन सुरेन्द्र भण्डारी नेतृत्वमा टोली पठाएको बताए ।

    पत्रकार सम्मेलनमा उनले भने, ‘नेकपा एमालेका नगरकमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा त्यहाँ टिम आएको थियो । त्यहाँका नेता झुली महत्तो र रघुवीर महासेठले त्यहाँ गएर नाराबाजी गर भनेरै पठाउनुभयो ।’

    उनले आफूलाई फसाउन एमालेले गुण्डा पठाएको आरोप लगाए ।

    उनले भने, ‘नेकपा एमालेबाट मेरो चरित्र हत्या नर्गे कोसिस भयो ।’ उनले अहिले सुरेन्द्र भण्डारी पक्राउ परेको पनि जानकारी दिए । अन्सारीमाथि मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको छ ।

  • सम्बन्धित विषय:

  • # समिम मियाँ अन्सारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology