Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

मतदानपछि प्रचण्डको प्रतिक्रिया : जित-हारलाई स्वाभाविक लिनुपर्छ

मतदानपछि प्रचण्डको प्रतिक्रिया : जित-हारलाई स्वाभाविक लिनुपर्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०७९ शुक्रवार • ०९:२७:४६ बजे
  • 676
    SHARES
  • मतदानपछि प्रचण्डको प्रतिक्रिया : जित-हारलाई स्वाभाविक लिनुपर्छ

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदान गरेपछि निर्वाचनमा जित–हारलाई स्वाभाविक रुपमा लिनुपर्ने बताएका छन् ।

    images

    अध्यक्ष प्रचण्डले चितवनबाट मतदान गरेका हुन् । मतदानपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै अध्यक्ष प्रचण्डले भने, ‘जितमा अनावश्यक हौसिने र पराजयमा निराश हुनु हुँदैन ।’

    उनले राजनीतिक रुपले अप्ठ्यारो स्थितिमा आफूहरुले गठबन्धन गरेको बताए । प्रचण्डले भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालसँगै भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गरेका हुन् ।

    रेनु सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology