Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

दोलखाको दुई मतदान केन्द्रमा झडप, १३ राउण्ड हवाई फायर

दोलखाको दुई मतदान केन्द्रमा झडप, १३ राउण्ड हवाई फायर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०७९ शुक्रवार • १०:०३:४८ बजे
  • 550
    SHARES
  • दोलखाको दुई मतदान केन्द्रमा झडप, १३ राउण्ड हवाई फायर

    दोलखा । स्थानीय तह निर्वाचनअन्तर्गत दोलखाको वैतेश्वर गाउँपालिकामा मतदान स्थगित भएको छ ।

    images

    मतदानका विषयमा दुई पक्षीय झडप हुँदा मतदान स्थगित भएको हो । वैतेश्वर कालिढुंगा मावि मतदान केन्द्रमा विवाद भएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए ।

    यस्तै मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्रमा पनि तनाव भएपछि हवाई फायर भएको छ । दुई स्थानमा गरी १३ राउण्ड हवाई फायर भएको दोलखाका एसपी गंगा पौडेलले जानकारी दिए ।

    दुवै स्थानमा मतदान स्थगित भएको छ भने अवस्थामा सामान्य बनाउन सर्वदलीय छलफल चलिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # १३ राउण्ड हवाई फायर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology