Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

काभ्रेको चौंरीदेउरालीमा मतपेटिका तोडफोड,बझाङको जयपृथ्वी-७ मा झडप, मतपत्र च्यातियो

काभ्रेको चौंरीदेउरालीमा मतपेटिका तोडफोड,बझाङको जयपृथ्वी-७ मा झडप, मतपत्र च्यातियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०७९ शुक्रवार • ११:४४:५३ बजे
  • 1.4K
    SHARES
  • काभ्रेको चौंरीदेउरालीमा मतपेटिका तोडफोड,बझाङको जयपृथ्वी-७ मा झडप, मतपत्र च्यातियो

    काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति भएको छ ।

    images


    एक जनाको भोट अर्को व्यक्तिले हालेपछि विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले जनाएका छन् ।

    तनावको क्रममा मतपेटिका बाहिर ल्याएर तोडफोड गरिएको छ । अहिले सर्वदली बैठक राखेर दुवै पक्षबीच छलफल भइरहेको जोशीले बताए ।

    बझाङको जयपृथ्वी-७ मा झडप, मतपत्र च्यातियो

    बझाङको जयपृथ्वी नगरपालिका वडा नं‍. ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ ।

    सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपका क्रममा केही मतपत्र च्यातिएको छ ।

    झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ । झडप भएको ठाउँ नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरको मतदानस्थल पनि हो ।

    सर्लाहीको धनकौलमा ६ राउण्ड हवाइ फायर, अझै सुरु हुन सकेन मतदान


    सर्लाहीको धनकौल गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।

    गाउँपालिकाको वडा नम्बर-२ स्थित पशुसेवा मतदान स्थलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

    यो मतदानस्थलमा अहिलेसम्म निर्वाचन सुरु हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी गौतमले नेपाल तथा सशस्त्र प्रहरीलाई यहाँ तैनाथ गरिएको र नेपाली सेनाको हवाई गस्ती समेत आइसकेकाले केही बेरमा निर्वाचन सुरु हुने जानकारी दिए ।

    धनकौलमा मतदान केन्द्र राख्ने विषयमा विवाद रहेको छ । सोही विषयलाई लिएर मतदान स्थलमा असन्तुष्ट पक्षले ढुंगामुढा गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # मतपत्र च्यातियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology