Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

ज्योतिषीले भने पछि मात्रै ओलिले गरे मतदान

ज्योतिषीले भने पछि मात्रै ओलिले गरे मतदान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०७९ शुक्रवार • १२:४१:०९ बजे
  • 2.4K
    SHARES
  • ज्योतिषीले भने पछि मात्रै ओलिले गरे मतदान

    नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेका छन् । ‌ ओलीले भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।

    images

    अन्य शीर्ष नेताले विहानै मतदान गरे पनि ओलीले भने ज्योतिषले भनेको समयमा मतदान गरेका हुन् ।

    ओलीले पाँच दलीय गठबन्धनका कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

    स्थानीय तह निर्वाचन अन्र्तगतको मतदान प्रकृयामा सहभगी भएपछि प्रतिकृया दिँदै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

    तोकिएको समयमा निर्वाचन नहोला कि भन्ने आशंका रहेता पनि समयमा निर्वाचन शूरु भएको भन्दै खुशी व्यक्त गरेका ओलीले आफ्ना कार्यकर्तामाथि आक्रमण हुनु अलोकतान्त्रिक व्यवहार भएको बताएका हुन् ।

    दुई दल मात्रै हुन्छ : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेपछि अब मुलुकमा दुई दल मात्र हुने दावी गरेका छन् ।

    अध्यक्ष ओलीले भक्तपुरको सूर्य विनायक नगरपालिकास्थित शान्ती माध्यमिक विद्यालयबाट मतदान गरेपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै देशमा एमाले एउटा दल र अरु मिलिजुली एउटा दल बन्ने अवस्था हुने बताएका हुन् ।

    ‘वहाँहरुले एउटा दल बनाएर आए पनि वा संयुक्त विभिन्न दल बनाएर कच्याङ्-कच्याङ गर्दैआए पनि हामीलाई केहि फरक पर्दैन’ अध्यक्ष ओलीले भने, ‘हामी आफ्नो तयारीमा छौँ । हामी उउटा दल चुनामा आफ्नो ढंगले लड्छौँ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology