Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान,७ जिल्लाका केही केन्द्रमा मतदान अवरुद्ध : निर्वाचन आयोग

१२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान,७ जिल्लाका केही केन्द्रमा मतदान अवरुद्ध : निर्वाचन आयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०७९ शुक्रवार • १३:१८:२९ बजे
  • 1.3K
    SHARES
  • १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान,७ जिल्लाका केही केन्द्रमा मतदान अवरुद्ध : निर्वाचन आयोग

    निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा छिटफुट घटनाबाहेक उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।

    images

    मध्याह्न १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको तथ्यांक प्राप्त भएको आयोगले जनाएको छ । तर दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा भने सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको छ ।

    ७ जिल्लाका केही केन्द्रमा मतदान अवरुद्ध : आयोग

    शुक्रबार बिहानैदेखि देशभर स्थानीय तह निर्वाचन अन्र्तगत मतदान जारी छ । अहिलेसम्म अधिकांश स्थानमा उत्साहपूर्ण मतदान भइरहेको छ ।

    निर्वाचन आयोगका अनुसार मध्यान्हसम्म ७ जिल्लाका केही मतदान केन्द्रमा मतदानको कार्य अवरुद्ध भएको छ ।
    दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।


    ती स्थानमा पुनः मतदानको कार्य सुरु गर्न प्रयास भइरहेको उनको भनाइ छ । ‘दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सूचारु गर्ने प्रयास भइरहेको छ । उक्त स्थानहरूमा छिट्टै मतदान सूचारु हुने अपेक्षा लिइएको छ’ उनले भने ।

     

    स्थानीय तह सदस्य निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि छिटफुट घटना वाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको उनको भनाइ छ ।

    अपरान्ह १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको प्रारम्भिक तथ्यांक प्राप्त भएको उनको भनाइ छ । आज पाँच बजेसम्म मतदान प्रक्रिया चल्नेछ ।

     

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology