Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

सर्लाहीको एक मतदानस्थल सेनाको नियन्त्रणमा,सप्तरीमा मतपत्र च्यातियो, मतदान अधिकृत कुटिए

सर्लाहीको एक मतदानस्थल सेनाको नियन्त्रणमा,सप्तरीमा मतपत्र च्यातियो, मतदान अधिकृत कुटिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०७९ शुक्रवार • १३:४८:४१ बजे
  • 2.3K
    SHARES
  • सर्लाहीको एक मतदानस्थल सेनाको नियन्त्रणमा,सप्तरीमा मतपत्र च्यातियो, मतदान अधिकृत कुटिए

    स्थानीय तह निर्वाचनअन्तर्गत सर्लाहीको कौडेना गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच पटक–पटक झडप भएपछि एक मतदानस्थल नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।

    images

    कौडेना गाउँपालिका–६, श्री जनता आधारभूत मतदान स्थलमा बिहानदेखि पटक–पटक झडप भएपछि केहीबेर अघिमात्र घटनास्थल सेनाले नियन्त्रणमा लिएको हो ।

    मतदान स्थलमा तत्काल आइपुगेको सेनाको टोलीले फायर नगरे पनि हतियार तेर्साएपछि स्थिति तत्काल शान्तिपूर्ण बनेको छ। कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद हुँदा झण्डै १ घण्टा अवरुद्ध भएको मतदान कार्य केहीबेर पछि पुनः झडप भएको र सेनाको टोलीले घटनास्थल नियन्त्रणमा लिएको हो ।

    त्यस्तै धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा झडप भएपछि सुरक्षाकर्मीले एक दर्जन बढी हवाई फायर गरेका छन् । मतदान सुचारु गर्न अहिले त्यहाँ सर्वदलीय बैठक भइरहेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

    धनकौलको उक्त मतदान स्थललाई नियन्त्रणमा लिन काठमाडौंबाटै नेपाली सेनाको विशेष टोली हेलिकप्टरबाट उत्रिएको छ । जिल्ला स्थित अधिकांश मतदान केन्द्रहरूमा भने मतदान कार्य सुचारु रहेको प्रहरीले जनाएको छ । सर्लाहीमा ३१८ मतदान स्थल अन्तर्गत ५९९ मतदान केन्द्र रहेका छन् ।

    सप्तरीमा मतपत्र च्यातियो, मतदान अधिकृत कुटिए

    सप्तरीको एक मतदानस्थल तोडफोड गरिएको छ । साथै मतदान अधिकृतमाथि समेत कुटपिट भएको छ । घटनापछि मतदान स्थगित भएको छ ।

    डाक्नेश्वरी नगरपालिकाको-२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् ।

    उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको उनले बताए । दुइै हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केही व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट सुरु गरेका थिए । ती व्यक्तिहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # मतदान अधिकृत कुटिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology