Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

देशभरका ५३ केन्द्रमा मतदान अवरुद्ध,व्यास नगरपालिका मेयर उम्मेदवारमाथि कुटपिट

देशभरका ५३ केन्द्रमा मतदान अवरुद्ध,व्यास नगरपालिका मेयर उम्मेदवारमाथि कुटपिट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०७९ शुक्रवार • १६:१६:२० बजे
  • 1.4K
    SHARES
  • देशभरका ५३ केन्द्रमा मतदान अवरुद्ध,व्यास नगरपालिका मेयर उम्मेदवारमाथि कुटपिट

    निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनअन्तर्गत देशभरका ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको जनाएको छ ।

    images

    दल र उम्मेदवारहरूबीचको विवाद, झडप र अन्य कारणले समेत गरी आज अपराह्नसम्ममा देशभरका ५३ वटा केन्द्रमा मतदान अवरुद्ध भएको आयोगले जनाएको हो ।

    आयोगका अनुसार ताप्लेजुङ्गको आठराई त्रिवेणी, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी, दोलखाको तामाकोशी, मेलुङ र बैतेश्वरका एक–एक वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको थियो ।

    त्यस्तै, सिन्धुलीको कमलामाई, दुधौली, तिनपाटन, हरिहरपुरगढी, धनुषाको मिथिला, महोत्तरीको भँगाहा, सर्लाहीको चक्रभट्टा र हरिभवन, नुवाकोटको पञ्चकन्या, काठमाडौंको शंखरापुर, काभ्रेको रोशी, मकवानपुरको मकवानपुरगढी, रौतहटको ईशनाथ, बाराको सुवर्ण, आदर्श कोटवाल, कोल्हवी र जीतपुरसिमरा तथा दाङको घोराहीका एक–एक वटा केन्द्रमा मतदान रोकिएको छ ।

    त्यस्तै कालिकोटको सान्नी त्रिवेणी, हुम्लाको चंखेली, दैलेखको आठबीसकोट, बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामीकातर्तितक, अछामको ढकारी र पञ्चदेवल, पर्साको जिराभवानी, चितवनको खैरहनी र भरतपुर, रोल्पाको लुङ्गी तथा कैलालीको टिकापुर र बर्दगोरियाका एक–एक वटा मतदान केन्द्रहरूमा मतदान प्रभावित भएको आयोगले जनाएको छ ।

    मेयर उम्मेदवारमाथि कुटपिट

     तनहुँको व्यास नगरपालिकाका मेयर पदका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ ।

    ब्यास नगरपालिका–८ स्थित मतदान केन्द्र निरीक्षण गर्न पुगेका जोशीमाथि कुटटि भएको हो ।

    जोशीमाथि कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको आरोप लागेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology