Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विवाह गरेको २४ वर्षपछि सोहेल खानको सम्बन्धविच्छेद

विवाह गरेको २४ वर्षपछि सोहेल खानको सम्बन्धविच्छेद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०७९ शुक्रवार • १७:३३:५० बजे
  • 1.7K
    SHARES
  • विवाह गरेको २४ वर्षपछि सोहेल खानको सम्बन्धविच्छेद


    सलमान खानका भाइ सोहेल खान र उनकी श्रीमती सीमा खान सम्बन्धविच्छेदको तयारीमा छन् । भारतीय सञ्चार माध्यम आजतकका अनुसार यी दुईले मुम्बईको फेमिली कोर्टमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । सोहेल र सीमालाई शुक्रबार फेमिली कोर्ट बाहिर देखिएको थियो । यी दुई अदालतबाट छुट्टा छुट्टै निस्किएका थिए ।

    images


    स्रोतलाई उद्धृत गर्दै आजतकले भनेको छ – ‘सोहेल खान र सीमा सचदेव शुक्रबार फेमिली कोर्टमा उपस्थित भएका थिए । यी दुईले सम्बन्धविच्छेदको निवेदन दिएका छन् । यी दुईबीचको दोस्ती अहिलेसम्म पनि यथावत् छ । यी दुईले अचानक अलग हुने निर्णय गरेका थिए । यसबारे कसैलाई पनि भनिएको थिएन । यी दुइले आफ्नो यो निर्णयलाई नीजि राख्नु नै ठिक सम्झेका थिए र त्यसपछि मात्रै सम्बन्धविच्छेदको निर्णय दिएका थिए । उनीहरु पछिल्लो थुप्रै वर्षदेखि छुट्टा छुट्टै बस्दै आएका थिए ।’


    यो जोडीलाई निकै नजिकबाट चिन्ने साथीले दिएको जानकारी अनुसार सीमा र सोहेलबीच कुनै विवाद छैन । यी दुईले यो निर्णयलाई मिलेर लिएका हुन् र आ–आफ्नो जीवनमा अघि बढ्ने निर्णय गरेका छन् ।

     

    को हुन् सीमा खान ?

    si1.JPG


    सीमा खानको वास्तविक नाम सीमा सचदेव हो । उनी व्यावसायिक रुपमा फेसन डिजाइनर र स्टाइलिस्ट हुन् । खबरका अनुसार सीमाले आफ्नो सैलुन पनि खोलेकी छिन् जसको नाम कालिस्ता हो । सुजैन खान र महिप कपुरसँग मिलेर मुम्बईको बान्द्रामा उनले १९० लग्जुरियस बुटिक खोलेकी थिइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology