Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कांग्रेस उम्मेदवारको गाडीको ठक्करबाट मतदाताको मृत्यु

कांग्रेस उम्मेदवारको गाडीको ठक्करबाट मतदाताको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०७९ शुक्रवार • १७:४६:५४ बजे
  • 967
    SHARES
  • कांग्रेस उम्मेदवारको गाडीको ठक्करबाट मतदाताको मृत्यु

    रुकुम पश्चिम । रुकुम पश्चिममा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीको ठक्करबाट एकजना मतदाताको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा नं. ७ का ७० वर्षीय प्रवीण खत्री रहेका छन् । उनको सल्ले अस्पतालमा मृत्यु भएको हो । अर्थमन्त्री जनार्दन शर्मा, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीलगायत मृतक खत्री परिवारका सदस्यहरुसँगै अस्पतालमा छन् ।

    बाँफिकोट गाउँपालिकाको धारवाङ स्कुलको मतदान केन्द्रमा लु३च ३३१० नम्बरको गाडीले खत्रीलाई ठक्कर दिएको थियो । गाडीमा उम्मेदवार जनककुमार बाँठा मगर सवार थिए ।

    खत्री मत हाल्नका लागि मतदान केन्द्रतिर जाँदै थिए भने बाँठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा उक्त गाडीले ठक्कर दिएको थियो । प्रहरीले गाडीका चालक देवराज शाहीलाई नियन्त्रणमा लिएको छ ।

    माओवादी केन्द्रकी नेतृ केसीले घटना नियोजित भएको दाबी गरेकी छन् । ‘माओवादी केन्द्रविरुद्ध तालमेल गरेका कांग्रेस-एमाले हार्ने निश्चित भएपछि गुण्डागर्दी शैलीमा हामीहरुमाथि आक्रमण गरिरहेका छन्, यो घटना पनि सोही अन्तर्गतको हो,’ केसीले भनिन् ।

    उनका अनुसार घटना हुने बेला मृतक प्रविण खत्रीका छोरा सुरेश पनि सँगै थिए । रुकुमका विभिन्न स्थानमा माओवादी र कांग्रेस-एमाले गठबन्धनबीच झडप हुँदै आएको छ । आज पनि छिङलगायतका स्थानमा झडप भएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology