Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यूएईका राष्ट्रपति शेख खालिफाको मृत्यु

यूएईका राष्ट्रपति शेख खालिफाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०७९ शुक्रवार • १७:५०:०७ बजे
  • 703
    SHARES
  • यूएईका राष्ट्रपति शेख खालिफाको मृत्यु

    एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको मृत्यु भएको छ।

    images

    ७३ वर्षिय खालिफाको शुक्रबार मृत्यु भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिको निधनमा शुक्रबारदेखि ४० दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाएर शोक मनाइने भएको छ ।

    यूएईका सबै सरकारी अड्डा तथा निजी क्षेत्रले तिन दिन कामकाज बन्द गर्नेछन् । पछिल्लो १८ वर्षदेखि युएईको नेतृत्व गरिरहेका राष्ट्रपति शेख खलीफा चौथो पटक सन् २०१९ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

    शेख खलीफाले सन् २००४ नोभेम्बर ३ मा पहिलो पटक संयुक्त अरब इमिरेट्सको राष्ट्रपति तथा अबुधाबीका शासकको रूपमा जिम्मेदारी सम्हालेका थिए ।

  • सम्बन्धित विषय:

  • # शेख खालिफाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology