स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । तर, आयोगले अपेक्षा गरेकोभन्दा यो कम मतदान हो ।
स्थानीय तह निर्वाचनमा मतदानका लागि तोकिएको समय सकिएपछि पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले ६४ प्रतिशत मात्र मतदान भएको जानकारी दिएको हो ।
निर्वाचन आयोग आफैले पनि ६४ प्रतिशत मात्र मत खसेको भन्दै चिन्ता व्यक्त गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने– ‘प्रारम्भिक जानकारीअनुसार ६४ प्रतिशत मात्र मतदान भएको छ ।
यो हामीले अपेक्षा गरेकोभन्दा कम संख्याको मतदान हो । यस विषयमा हामी चिन्तित छौं ।’