Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

मुताङको घरपझोङमा काँग्रेस विजयी, एमाले २ मतले पराजित

मुताङको घरपझोङमा काँग्रेस विजयी, एमाले २ मतले पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३१, २०७९ शनिवार • १०:०७:३० बजे
  • 1.4K
    SHARES
  • मुताङको घरपझोङमा काँग्रेस विजयी, एमाले २ मतले पराजित

    मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् ।

    images

    उनी २ मतको अन्तरले विजयी भएका हुन् । लालचनले एमालेका उम्मेदवार सञ्जयकुमार थकालीलाई २ मतले पराजित गरेका छन् । उक्त पालिकाको उपाध्यक्षमा पनि काँग्रेसकै उम्मेदवार विजयी भएका छन् ।

    मतपरिणाम अनुसार कांग्रेसका लालचन ७ सय ६० मत लिएर विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत पाएका हुन् ।

    त्यसैगरी उपाध्यक्षमा काँग्रेसकै जमुना थापा थकालीली ६ सय ९३ मत लिएर विजयी बन्दा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत पाइन् ।

    घरपझोङ गाउँपालिकामा १ हजार ५ सय ९८ मत खसेको थियो । वडा ३ मा एमालेको प्यानल र ४ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडा नम्बर १, २ र ५ मा अध्यक्ष तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए ।

  • सम्बन्धित विषय:

  • # काँग्रेस विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology