Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

रोल्पाको थवाङ ५ मा माओवादीको प्यानल विजयी

रोल्पाको थवाङ ५ मा माओवादीको प्यानल विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३१, २०७९ शनिवार • १०:३४:१७ बजे
  • 3.6K
    SHARES
  • रोल्पाको थवाङ ५ मा माओवादीको प्यानल विजयी

    नेकपा (माओवादी केन्द्र)ले जनयुद्वको लालकिल्ला रोल्पा थवाङमा खाता खोलेको छ ।

    images

    थवाङ गाउँपालिका वडा नं ५ मा माओवादीको प्यानल नै विजयी भएको छ।

    काङ्ग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानल सहित विजयी भएका हुन् ।

    घर्तीले ३९५ मत ल्याउँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लुकमन रोकाले २९१ मत प्राप्त गरे।

    मकवानपुरको भीमफेदी गाउँपालिका

    मकवानपुरको भीमफेदी गाउँपालिकामा गठबन्धनबाट उम्मेद्वार बनेका अध्यक्ष र उपाध्यक्षले अग्रता लिएका छन् ।

    गाउँपालिका १ हजार ६ सय मत गन्दा गठबन्धनबाट उम्मेद्वार बनेका माओवादीका बद्रीबहादुर स्याङतानले ७ सय ७७ मत सहितअग्रता लिएका हुन् ।

    यस्तै नेकपा एमालेका हिदम लामाले ६ सय ६४ मत सहित पछ्याइरहेका छन् ।

    उपाध्यक्षमा नेपाली कांग्रेसका सन्जिव श्रेष्ठ ७ सय ८० मत सहित अगाडि छन भने एमालेकी पार्वती राना ६६९ मत सहित दोस्रो स्थानमा छिन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology