नेकपा माओवादी केन्द्रले रोल्पाको सुनिल स्मृति गाउँपालिकामा विजयी सुरुवात गरेको छ ।
वडा नं. १ को वडाध्यक्षमा माओवादी केन्द्रका गोवर्द्धन कवर (पवन) ७८६ मत ल्याएर विजयी भएका हुन् ।
कांग्रेस–एमाले गठबन्धनका तर्फबाट शशिराम कुँवरले ३७४ मत प्राप्त गरे ।
दाङको राजपुरमा माओवादी केन्द्रको अग्रता
नेकपा माओवादी केन्द्रले दाङको राजपुर गाउँपालिका अध्यक्षमा अग्रता लिएको छ । माओवादी केन्द्रका चक्रबहादुर खड्काले २०५ मत ल्याएर अग्रता लिएका हुन् ।
कांग्रेसका शरदकुमार बुढाथोकीले १९५ मत ल्याउँदै पछ्याइरहेका छन् भने एमालेका अध्यक्षका उम्मेदवार कुलराज गिरीले ६२ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएका छन् ।
२०७४ को निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।