Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

दार्चुलाको अपि हिमाल गाउँपालिकाका २ वडामा कांग्रेस र माओवादी उम्मेदवार निर्वाचित

दार्चुलाको अपि हिमाल गाउँपालिकाका २ वडामा कांग्रेस र माओवादी उम्मेदवार निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३१, २०७९ शनिवार • ११:४४:२९ बजे
  • 1.1K
    SHARES
  • दार्चुलाको अपि हिमाल गाउँपालिकाका २ वडामा कांग्रेस र माओवादी उम्मेदवार निर्वाचित

    दार्चुलाको अपि हिमाल गाउँपालिकाको दुई वटा वडाको मतगणना सकिँदा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

    images

    वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार पोखरसिंह लोथ्याल १८३ मतसहित निर्वाचित भएका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भरतसिंह धामीले १५६ मत ल्याए ।

    यो वडामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका थिए ।

    यस्तै वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार धर्मसिंह धामी ३४७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गामसिंह धामीले २४८ मत ल्याए ।

    गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भगतसिह ठेकरे बोहराले ५८५ मतसहित अग्रता लिएका छन् । एमालेका धर्मानन्द मन्यालले ३४४ मत ल्याएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology