Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

रोल्पाको माडी १ मा माओवादीको प्यानलै विजयी

रोल्पाको माडी १ मा माओवादीको प्यानलै विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३१, २०७९ शनिवार • १२:११:३८ बजे
  • 1.8K
    SHARES
  • रोल्पाको माडी १ मा माओवादीको प्यानलै विजयी

    रोल्पा माडी गाउँपालिका- १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवारी विजयी भएका छन् ।

    images

    नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपासहितको गठबन्धनलाई पराजित गर्दै माओवादीका उम्मेदवार रोहित घर्ती मगर विजयी भएका हुन् ।

    निर्वाचित घर्तिले ८ सय ७५ मत ल्याएका छन् भने प्रतिस्पर्धी एमालेका उम्मेदवारले ८ सय ४८ मत प्राप्त गरेका छन् ।

     

    सल्यानको बागचौरमा माओवादीको अग्रता


    सल्यानको बागचौर नगरपालिकामा मावादी केन्द्रले सुरुआती अग्रता लिएको छ। २०० मत गणना हुँदा माओवादीका मेयर उम्मेदवार कृतिबहादुर पुनले ९५ मत ल्याएका छन् ।

    माओवादीलाई कांग्रेसका जनकराज गौतमले ७२ मत ल्याएर पछ्याइरहेका छन् भने एमालेका तिलकबहादुर मल्ले २९ मत मात्रै ल्याएका छन् ।

     


    उपमेयरमा पनि माओवादीकी सुम्निमा डिसी वलीले १०३ मतका साथ अग्रता लिएकी छन् भने कांग्रेसकी दीपा बस्नेतले ७० मत ल्याएकी छन् । एमालेकी भक्तकुमारी बीएम केसीले २२ मत ल्याएर तेस्रो स्थानमा छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology