महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–१ को वडा अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विष्ट विजयी भएका छन् । विष्ट ६ सय ५९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भएका हुन् ।
एमालेका नमराज शाहीले ५ सय ५२ मत पाउँदा कांग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका छन् ।
बेलौरीको मेयर र उपमेयरमा पनि माओवादीकै अग्रता छ । अब वडा नं. १० को मत गणना हुनेछ ।
घोराही उपमहानगरमा गठबन्धनको सुरुवाती
अग्रता घोराही उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेका हेमराज शर्मा (डायमण्ड)ले १७२ मत ल्याउँदै सुरुवाती अग्रता कायम गरेका हुन् ।
एमालेबाट उम्मेदवार बनेका नरुलाल चौधरीले १४५ मत ल्याएका छन् । उपप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगीले १६७ मत ल्याएका छन् ।
एमालेबाट उपप्रमुखकी उम्मेदवार हुमा डिसीले १४७ मत ल्याएकी छन् । अहिले वडा नम्बर १९, १८ र १४ को मत गतणना भइरहेको छ ।