Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

मरिण १ को अध्यक्षमा माओवादी केन्द्रका गुर्मछान निर्वाचित

मरिण १ को अध्यक्षमा माओवादी केन्द्रका गुर्मछान निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३१, २०७९ शनिवार • १४:४०:४२ बजे
  • 1.3K
    SHARES
  • मरिण १ को अध्यक्षमा माओवादी केन्द्रका गुर्मछान निर्वाचित

    सिन्धुली । मरिण गाउँपालिका–१ मा नेकपा (माओवादी केन्द्र)का हिराबहादुर गुर्मछान मगर निर्वाचित भएका छन् । उनले ५०६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गोपीलाल मगरले ३३८ मत पाए ।

    images

    वडामा अध्यक्षसहित चार सदस्य माओवादी केन्द्र र एक महिला सदस्य एमालेबाट विजयी भएका छन् । मरिण गाउँपालिकाको अध्यक्षमा १११८ मत गणना हुँदा गठबन्धनबाट माओवादीका विमर्श मोक्तानले ५५५ र एमालेका गोविन्दलाल माझीले ४३१ मत प्राप्त गरेका छन् ।

    उपाध्यक्षमा कांग्रेसकी विमला माझीले ५२२ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीकी छलिमाया रानामगरले १२ र स्वतन्त्र मञ्जु माझीले २ मत प्राप्त गरेको निर्वाचन अधिकृत दुर्गा बञ्जाडेले जानकारी दिइन् ।

    कूल मत १६ हजार ८ सय ४६ मध्ये १२ हजार १ सय ५८ मत खसेको थियो । यो ७२.१७ प्रतिशत हो । मरिणमा ७ वडा रहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology