पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार धन कार्की विजयी भएका हुन् ।
प्रतिस्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै कार्की अध्यक्ष निर्वाचित भएका हुन् ।
तुम्बेवामा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका बाबुराम खड्का नेकपा एमालेका गोविन्दबहादुर तामाङ प्रतिस्पर्धामा छन् ।
त्यसैगरी, उपाध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका खड्गसुन्दर सम्वाहाम्फे र नेकपा एमालेका नन्दकुमारी विश्वकर्मा प्रतिस्पर्धामा छन् ।
अहिलेसम्मको मतगणनामा सत्तारुढ गठबन्धनले अग्रता लिएको हो ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर १ मा स्वतन्त्र उम्मेदवार प्यानल विजयी भएका छन् ।
वडाध्यक्षमा सुन्दर वली स्वतन्त्रबाट प्यानल कांग्रेस र माओवादीका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् ।
वली ५७७ मतले विजयी भएका हुन् । दोस्रो भएका माओवादीका लक्ष्मण वलीले ४१७ र नेपाली कांग्रेसका मुस्कान वलीले ४४ मत प्राप्त गरेका छन् ।
त्यस्तै स्वतन्त्र प्यानलबाट महिला सदस्य ५३१, दलित महिला सदस्य ५३६, खुल्ला सदस्य ५०७ र खुल्ला सदस्यमा ४९२ मत प्राप्त गरी विजयी भएका छन् ।
त्रिवेणीमा अहिलेसम्म १११४ मत गणना गरिएको छ ।गाउँपालिका अध्यक्षमा माओवादीका गनेश केसी ५८८, नेपाली कांग्रेसका अमरसिं खड्काले २३० र एमालेका चोपलाल खड्काले १५ मत प्राप्त गरेका छन्।