Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ मा माओवादीका उम्मेद्वार मोतिप्रसाद बुढा विजयी

म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ मा माओवादीका उम्मेद्वार मोतिप्रसाद बुढा विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३१, २०७९ शनिवार • १९:५७:५३ बजे
  • 1.4K
    SHARES
  • म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ मा  माओवादीका उम्मेद्वार मोतिप्रसाद बुढा विजयी

    म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा माओवादीका उम्मेद्वार मोतिप्रसाद बुढा विजयी भएका छन् । शनिबार सम्पन्न वडा नम्बर ३ को मत परिणाम अनुसार वडा अध्यक्षमा बुढाले ३४५ मत प्राप्त गरेका छन् ।

    images

    प्रतिद्धन्दी कांग्रेसका श्यामबहादुर बुढाथोकीले ३२५ ,एमालेका मनबहादुर बुढाथोकीले २४१ र मंगोलका ज्ञानबहादुर पुनले १६ मत प्राप्त गरेका छन् ।

    वडा नम्बर ३ मा कुल ९४६ मत खसेकोमा गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीप्रसाद रोका मगरलाई ३१९ ,माओवादीका रेशमबहादुर जुग्जालीलाई ३५४ ,एमालेका बेगप्रसाद गर्बुजालाई २३३ र मंगोलका खमबहादुर रोकालाई १६ मत खसेको सहायक निर्वाचन अधिकृतले जानकारी दिए ।

    त्यसैगरी गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी पिपला बुढालाई ३२० ,माओवादीकी गौरी सेन्चुरीलाई ३४९ ,एमालेकी लक्ष्मीदेवी घर्ति पुनलाई २३५ र मंगोलकी धनदेवी बुढालाई १६ मत खसेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology