Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीका विक निर्वाचित

बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीका विक निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १, २०७९ आइतवार • १०:०२:०४ बजे
  • 1.4K
    SHARES
  • बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीका विक निर्वाचित

    बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार धन बहादुर विक प्यानल सहित विजयी भएका छन् । विकले २ हजार २८५ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

    images

    यो पालिकामा माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष जितेका प्रकाशले यस पटक टिकट नपाएपछि पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका थिए । उनले २०९० मत पाएका छन् ।

    उपाध्यक्षमा कांग्रेस विजयी गाउँपालिका उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भिमबहादुर रोका विजयी भएका छन् ।

    रोकाले ३ हजार ४ सय ३ मत प्राप्त गरेका छन् । गाउँपालिकाको ५ वटै वडाको अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् ।

    वडा नम्बर १ को वडा अध्यक्षमा यमबहादुर श्रीष, २ को अध्यक्षमा भद्र घर्ती, ३ को अध्यक्षमा कर्णबहादुर भण्डारी, ४ को अध्यक्षमा जितबहादुर खत्री र ५ नम्बर वडाको अध्यक्षमा मनबहादुर खत्री विजयी भएका छ

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology