गोरखा नगरपालिका वडा नम्वर ४ मा माओवादी केन्द्रका लाल प्रसाद भट्टराई विजयी भएका छन् ।
५ सय ९७ मत ल्याएर उनी विजयी भएका हुन् ।
उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका खोप बहादुर अधिकारीले ५ सय ५९ र एमालेका सुन्दर रानाले ५ सय ३६ मत ल्याएका छन् । उक्त वडामा कूल १ हजार ८३१ मत खसेको थियो ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा गठबन्धन विजयी
उदयपुरको लिम्चुङबुङ गाउँपालिका गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मेजर राई पुनः निर्वाचित भएका हुन् । सो गाउँपालिकाका उनी निर्वतमान अध्यक्ष हुन् ।