Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

मंगलागाउँपालिका –३ बरंजाको वडा अध्यक्षमा माओवादी केन्द्रका याम रोका विजयी

मंगलागाउँपालिका –३ बरंजाको वडा अध्यक्षमा माओवादी केन्द्रका याम रोका विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १, २०७९ आइतवार • १७:०३:२४ बजे
  • 904
    SHARES
  • मंगलागाउँपालिका –३ बरंजाको वडा अध्यक्षमा माओवादी केन्द्रका याम रोका विजयी

    म्याग्दीको मंगला गाउँपालिका– ३ बरंजाको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार याम रोका विजयी हुनुभएको छ ।

    images

    वडा अध्यक्षमा याम रोका ७ सय ९१ मत लिएर विजयी हुनुभएको छ ।

    उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कविन्द्र रोकाले ५ सय ७७ र नेपाली काँग्रेसका टेक बहादुर छन्त्यालले २ सय १५ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो ।

    त्यस्तै महिला सदस्य भेषकुमारी पुन, दलित महिला सदस्य टिका विक, खुल्ला सदस्य नन्दलाल गिरी ( हरी) र एमालेबाट कुल बहादुर थापा विजयी हुनुभएको छ ।

    मंगला ३ बाट पालिका अध्यक्षमा नेकपा एमालेका सतप्रसाद रोकालाई ६ सय २०, काँग्रेसका विरेन्द्र बुढाथोकीलाई ३ सय १४, माओवादीका टेक बहादुर विकलाई ७ सय ९१, र राप्रपाका योगेन्द्रमान शेरचनलाई २० मत प्राप्त भएको छ ।

    त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका पेमा अधिकारीलाई ६ सय २५, नेपाली काँग्रेसका शर्मिला थापालाई २ सय ८५, माओवादीका सुकमाया रोकालाई ६ सय ४८ र राप्रपाका विन्दु मल्ललाई २६ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    यो संगै मंगलाका ३ वडाको मतगणना सम्पन्न भएको छ । वडा नम्वर १ र २ मा नेकपा एमालेको प्यानल विजयी भईसकेका छन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology