Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

हेटौंडामा गठबन्धनको अग्रता, एमाले तेस्रो स्थानमा झर्यो

हेटौंडामा गठबन्धनको अग्रता, एमाले तेस्रो स्थानमा झर्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १, २०७९ आइतवार • १७:१३:१७ बजे
  • 628
    SHARES
  • हेटौंडामा गठबन्धनको अग्रता, एमाले तेस्रो स्थानमा झर्यो

    हेटौंडा उपमहानगरपालिकामा ७४ सय ६१ मतगणना हुँदा हालसम्म २२ सय ४२ मतसहित गठबन्धनकी उम्मेदवार मीना लामा पहिलो स्थानमा रहेकी छन् ।

    images

    मतगणनाको सुरुवातबाट पहिलो र दोस्रो स्थानमा रहेको नेकपा एमाले आइतबार दिउँसो २ बजेसम्मको मतगणनाअनुसार तेस्रो स्थानमा पुगेको छ । दोस्रो स्थानमा राप्रपाका उम्मेदवार दीपक सिंह रहेका छन् ।

    उनले २१ सय ३७ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा एमालेका उम्मेदवार अनन्त पौडेलले २ हजार ३७ मत प्राप्त गरेका छन् । हाल हेटौंडा १, २, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ ।

    हेटौंडा १ को मतगणना अन्तिम चरणमा पुगेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा हेटौंडामा नेकपा एमाले विजयी भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology