Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

कनकासुन्दरीमा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी

कनकासुन्दरीमा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १, २०७९ आइतवार • २०:०१:०२ बजे
  • 499
    SHARES
  • कनकासुन्दरीमा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी

    जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ ।

    images

    दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारी दिएका धनबहादुरलाई अघि सारेका थिए ।

    उनीहरुले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए । धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याए ।

    वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका छन् । महिला सदस्यमा कांग्रेसकी रामुदेवी काफ्ले विजयी भएका छन् । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल बिजयी भए ।

    एक जना महिला सदस्य मात्र कांग्रेसबाट बिजयी भएको निर्वाचन अधिकृतको कार्यालय कनकासुन्दरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology