Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

ओलीको जन्मथलोमा एमाले पराजित, गठबन्धन विजयी

ओलीको जन्मथलोमा एमाले पराजित, गठबन्धन विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २, २०७९ सोमवार • ०९:५१:१७ बजे
  • 565
    SHARES
  • ओलीको जन्मथलोमा एमाले पराजित, गठबन्धन विजयी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा एमालेको लालकिल्ला भत्किएको छ ।

    images

    एमालेको लालकिल्ला तोड्दै कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

    सोमबार बिहान सम्पन्न मतगणनाअनुसार गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका दिलकुमार पाहिम ६ सय ८४ मतान्तरसहित विजयी भएका छन् ।

    उपाध्यक्षमा माओवादी केन्द्रका बलिराज इङ्नाम १० मतान्तरले विजयी भए । पाहिमले ४ हजार ६ सय ९२ र ईङनामले ४ हजार ८० मत प्राप्त गरे ।

    अध्यक्ष र उपाध्यक्षका निकटतम प्रदिद्धन्द्धी एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ र रूपादेवि कन्दङवाले ४ हजार ७० प्राप्त गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # गठबन्धन विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology