Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

रुकुमपूर्वको सिस्नेको अध्यक्षमा माओवादीका रेग्मी निर्वाचित

रुकुमपूर्वको सिस्नेको अध्यक्षमा माओवादीका रेग्मी निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २, २०७९ सोमवार • १०:२८:४८ बजे
  • 784
    SHARES
  • रुकुमपूर्वको सिस्नेको अध्यक्षमा माओवादीका रेग्मी निर्वाचित

    रुकुम(पूर्व) को सिस्ने गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रेग्मी निर्वाचित भएका छन् ।

    images

    उनले एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै पालिका अध्यक्षमा विजयी हासिल गरे । रेग्मीले तीन हजार ७७९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनबाट दत्तबहादुर बस्नेतले तीन हजार ७०० मत प्राप्त गरे ।

    यस्तै एमाले–कांग्रेस गठबन्धनबाट एमालेका गोपाल रेउले उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले तीन हजार ७६१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी आस्था विकले तीन हजार ४७४ मत प्राप्त गरिन् ।

    यस्तै पालिका अध्यक्षमा राप्रपाका उम्मेदवार सुधीरबिक्रम शाहीले १७ मत प्राप्त गर्दा नेमकिपाका कालो खड्काले ३ मत प्राप्त गरे ।

    ८ वटा वडा रहेको सिस्ने गाउँपालिकामा ४ वटा वडा माओवादीले जितेको छ भने ३ वटा वडा एमाले र एउटा वडा कांग्रेसले जितेको छ ।

    गएको स्थानीय तह चुनावमा सिस्ने गाउँपालिकाको अध्यक्ष उपाध्यक्षसँगै ६ वटा वडामा माओवादीले जितेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology