Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

रुकुमको सानीभेरीमा कांग्रेस–एमाले गठबन्धनलाई माओवादीले हरायो

रुकुमको सानीभेरीमा कांग्रेस–एमाले गठबन्धनलाई माओवादीले हरायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २, २०७९ सोमवार • १४:००:०३ बजे
  • 937
    SHARES
  • रुकुमको सानीभेरीमा कांग्रेस–एमाले गठबन्धनलाई माओवादीले हरायो

    रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन तोड्दै नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

    images

    गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा पद माओवादी केन्द्रले जितेको हो ।

    अध्यक्षमा विर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका निर्वाचित भएका छन् । विष्टले नेपाली कांग्रेसका उम्मेदवार गोरख प्रसाद चन्दलाई १ हजार ६९९ मत अन्तरले पराजित गरेका छन् ।

    विष्टले ६ हजार १९ मत प्राप्त गर्दा चन्दले ४ हजार ३२० मत ल्याए । त्यस्तै उपाध्यक्ष पदमा माओवादी केन्द्रकी कमला रोका २ हजार ५ सय ३८ मतान्तरले विजयी भएकी छन् ।

    रोकाले ५ हजार ९ सय ५८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खड्काले ३ हजार ४ सय २० मत पाए ।

    गाउँपालिकाका कूल ११ वडामध्य ९ वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ भने २ वटा वडामा नेपाली कांग्रेसले जितेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology