Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

योगेश भट्टराईको गृहपालिकामा माओवादी विजयी

योगेश भट्टराईको गृहपालिकामा माओवादी विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २, २०७९ सोमवार • १४:२४:४६ बजे
  • 922
    SHARES
  • योगेश भट्टराईको गृहपालिकामा माओवादी विजयी

     नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङका मैवाखोला गाउँपालिकामा नेकपा एमाले पराजित भएको छ ।

    images

    मैवखोलामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार विजयप्रकाश वनेम विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजनकुमार थक्लुङ पराजित भए ।

    मैवाखोलाको उपाध्यक्षमा पनि गठबन्धन नै विजयी भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कमलकुमारी वनेम उपाध्यक्ष निर्वाचित भए । प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष उम्मेदवार कौशिला थक्लुङ लिम्बू पराजित भए ।

     

    मैवाखोलामा नेकपा एमालेले २०४८ सालदेखि निरन्तर जित्दै आएको थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा दलित महिला सदस्य बाहेक सबै एमालेले जितेको थियो । मैवाखोला क्षेत्र जननेता मदन भण्डारीको जन्मथालो हो ।

    आफ्नै वडामा पनि पराजित


    योगेश आफैले मतदान गरेको वडामा पनि एमाले पराजित भएको छ । योगेशले मतदान गरेको ३ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका खगेन्द्र थक्लुङ विजयी भए ।

    गठबन्धनका उम्मेदवार खगेन्द्र थत्लुङले ४ सय ७० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका ख्याम भट्टराईले ४ सय मत प्राप्त गरे ।

  • सम्बन्धित विषय:

  • # माओवादी विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology