Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

रोल्पामा माओवादी : थवाङ जोगायो

रोल्पामा माओवादी : थवाङ जोगायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०७९ मंगलवार • ००:२३:२२ बजे
  • 763
    SHARES
  • रोल्पामा माओवादी : थवाङ जोगायो

    नेकपा माओवादी केन्द्रका लागि रोल्पा र त्यहाँको थवाङ गाउँ सधैं प्रतिष्ठाको विषय हुने गर्छ । यस पटकको स्थानीय निर्वाचनमा पनि धेरैको चासो रोल्पा र थवाङमा माओवादीको स्थिति के हुन्छ भन्ने थियो ।

    images

    यो निर्वाचनमा अझ चाखलाग्दो के थियो भने थवाङमा माओवादी केन्द्र विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ निकट उम्मेदवारलाई कांग्रेस र एमालेले सघाएका थिए । यसलाई ध्यानमा राख्दै माओवादी केन्द्रका नेता वर्षमान पुन स्थानीय चुनाव भन्दा अघिदेखि आफैं सहभागी भएर चुनावी अभियान चलाएका थिए ।

    थवाङपछि माओवादी केन्द्रका लागि अर्को महत्वपूर्ण पालिका थियो, गंगादेव गाउँपालिका । यहाँ पनि थवाङमा जस्तै माओवादी केन्द्रविरुद्ध नेपाली कांग्रेस–नेकपा एमाले र विप्लव नेतृत्वले तालमेल गरे ।

    अध्यक्षमा नेकपाका केन्द्रीय दस्य चुडामणि वली उम्मेदवार बने । यो माओवादीका लागि थवाङमा भएको मोर्चाबन्दी भन्दा बढी चुनौतीपूर्ण थियो । माओवादी नेता पुनले गंगादेवमा पनि दुई दिन चुनावी अभियानमा बिताएका थिए । दुई दिनको गंगादेवको बसाइपछि लिवाङ पुगेर पत्रकार सम्मेलन गर्दै नेता पुनले रोल्पामा कतै चुनाव लागेको भए त्यो गंगादेवमै लागेको बताएका थिए । उनले भने जस्तै यी दुई ठाउँबाट रोचक परिणाम समेत आयो ।

    थवाङ गाउँपालिकामा कांग्रेस–एमालेसंग गठबन्धन गरेर स्वतन्त्र उम्मेदवारी दिएका दर्जित रोकामगरले माओवादीका उम्मेदवारलाई हराउन सेकनन् । उनले १५०६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उमेदवार ऋषिकेशव वुढाले २१२२ मत प्राप्त गरी निर्वाचित भए ।

    गाउँपालिका उपाध्यक्षमा पनि माओवादी केन्द्रकै शर्मिला बुढा मगरले २१२२ मत प्राप्त गरी निर्वाचित भइन् । वडाध्यक्षमा थवाङ गाउँपालिका वडा नं. १ माफर्के झाँक्रीले ३३६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका हिराप्रसाद बुढा मगरले ३५८ मत प्राप्त गरी निर्वाचित भए ।

    यो वडामा दोस्रो स्थान हासिल गरेका स्वतन्त्र उमेदवार २२ मतान्तरले पराजित थिए । थवाङ गाउँपालिका वडा नंं २ मा स्वतन्त्र उमेदवारतीर्थनारायण मिजारले ३६६ मत प्राप्तगर्दा माओवादीकै अभिलाशा रोका मगरले ४२१ मत प्राप्त गरि विजयी भए । दोस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार ५५ मतान्तरले पराजित भए ।

    सारमा भन्दा सबै शक्ति लाग्दा पनि माओवादीले आफ्नो प्रतिष्ठाको पालिका थवाङलाई जोगायो । प्रायः विद्रोही पक्षलाई साथ दिने थवाङ शान्ति प्रक्रियामा आएयता माओवादीलाई नै साथ दिइरहेको छ । अर्कोतर्फ गंगादेवमा भने पुतली चिह्न लिएर उठेका वली आफूले नजिते पनि माओवादीलाई हराउन निर्णायक रहे ।

    गंगादेव गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचन नेकपा माओवादी केन्द्रले जितेको थियो । तर, यसपटक हार्ने मात्रै होइन तेस्रो स्थानमा झ¥यो । अघिल्लो चुनावमा कांग्रेसबाट हरिबहादुर पुन र नेकपा एमालेबाट रोशनकुमार वलीबीचको प्रतिस्पर्धामा त्यसबेला माओवादीका वीरबहादुर खत्री २४१४ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

    २०७४ सालको निर्वाचनमा तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार रहेका उनै पुनले यसपाली खत्रीलाई हराए । यसमा विप्लव नेतृत्वको नेकपा नेता वली कारक रहे । उनले पाएको १५७३ मतमा धेरै जसो मत माओवादीहरुकै थियो ।

    अर्कातिर माओवादीका खत्रीको व्यक्तित्व पनि यसमा जिम्मेवार थियो । अघिल्लो कार्यकालभर उनले गाउँपालिकामा राम्रो छवि बनाउन सकेका थिएनन् । यसले पनि कहीँ न कहीँ असर पुर्‍याएकै थियो ।

  • सम्बन्धित विषय:

  • # थवाङ जोगायो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology